सिटीका मिडफिल्डर गुन्डोगानलाई कोरोना संक्रमण

इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर इल्काए गुन्डोगानलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सिटीले सोमबार एक विज्ञप्ति जारी गर्दै क्लबले परीक्षण गर्दा २९ वर्षीय गुन्डोगानलाई कोरोना पुष्टि भएको जनाएको हो। 

‘हाम्रो मिडफिल्डर इल्काए गुन्डोगानलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘ उनी १० दिनको लागि सेल्फ आइसोलेसनमा बसेका छन्।’

यससँगै गुन्डोगान दुई साता आइसोलेसनमा बस्नुपर्नेभएपछि सोमबार राति हुने वल्भ्सविरुद्धको खेलसहित अन्य खेलहरु पनि गुमाउने भएका छन्। 

यद्यपी सिटीका विंगर रियाद महारेज र डिफेन्डर एमेरिक लापोर्टे कोरोनामुक्त हुँदै प्रशिक्षणमा फर्किसकेका छन्।

सिटीले बिहीबार कारबाओ कप अन्तर्गत बर्नमाउथ र आइतबार प्रिमियर लिगमा लेस्टर सिटीसँग खेल्ने तालिका छ।
 

प्रकाशित मिति: : 2020-09-21 18:34:01

प्रतिकृया दिनुहोस्