साविकको उपविजेता सिटीकाे विजयी सुरुवात

साविकको उपविजेता म्यानचेस्टर सिटीले इग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ। 

वल्भ्समा सोमबार राति भएको पहिलो खेलमा वल्भ्सलाई १–३ गोल अन्तरले पराजित गर्दै सिटीले विजयी सुरुवात गरेको हो।

सिटीलाई जिताउन केभिन डि ब्रुयन, फिल फोडेन, ग्याब्रियल जेससले गोल गरे। घरेलु टोलीका राहुल जिमिनेजले सान्त्वना गोल फर्काए।

सिटीका लागि ब्रुयनले खेलको २०औँ मिनेटमै गोल गरेका थिए। ३२औँ मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए।

दोस्रो हाफमा थप दुई गोल भयो। 

७८औँ मिनेट वल्भ्सका जिमिनेजले गोल गर्दै खोलमा फर्किने संकेत देखाएका थिए। तर, खेल सकिन केही मिनेट बाँकी हुँदा जेससले गोल गर्दै सिटीलाई १–३ को जित दिलाए।

प्रकाशित मिति: : 2020-09-22 06:04:49

प्रतिकृया दिनुहोस्