प्रहरी आईजीपीको आदेशमा चल्छ कि प्रधानमन्त्रीको मुडमा ?

गौरव पोखरेल

काठमाडाैं

६ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्ने मनिषमान श्रेष्ठमाथि प्रहरीले शुक्रबार माइतीघरमा लाठी बजार्‍यो । लाठी प्रहारबाट उनको टाउकोमा गम्भीर चोट लाग्यो । रगताम्ये देखिएको श्रेष्ठको तस्वीर क्षणभरमै सामाजिक सञ्जालमा भाइरल बन्यो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले भुइँमा बजारिँदा उनी घाइते भएको सञ्चारकर्मीलाई प्रतिक्रिया दिए । तर, राठौरको भनाइ त्यतिबेला गलत साबित भयो, जब युट्युबमा श्रेष्ठलाई प्रहरीले लाठी हालेलगत्तै टाउकोबाट रगत बगेको देखिने भिडियो सार्वजनिक भयो । 

निहत्था नागरिकमाथि प्रहरी निर्ममता त्यतिमा मात्र सीमित भएन । श्रेष्ठलाई उपचारका लागि ट्रमा सेन्टरमा पुर्‍याइएपछि अर्की एकजना महिला समर्थकमाथि पनि दुर्व्यवहार भयो । महिलाले अस्पतालमा हो–हल्ला गरेपछि तनाव सिर्जना भएको पृष्ठभूमि प्रहरीले बताए पनि उनलाई नियन्त्रणमा लिने वेला पुरुष प्रहरी खटिएको स्पष्ट देखिन्छ, जसलाई लिएर प्रहरीको आलोचना भइरहेको छ ।

यो घटनाको एक दिन अघि कुलमानकै पक्षमा प्रदर्शन गर्न लागेका युवा अभियन्ता बब्लु गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गर्‍यो । बबरमहलबाट गुप्तालाई नियन्त्रणमा लिइसकेपछि लाठी र बुट बजार्नु गलत भएको प्रहरी अधिकृतहरु नै स्वीकार्छन् ।

प्रकाशित मिति: : 2020-09-22 12:08:30

प्रतिकृया दिनुहोस्