कर्णालीका थप ५५ जनामा कोरोना संक्रमण

कर्णालीमा पछिल्लो २४ घन्टामा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी अस्पलात रुकुम पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार ५५ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३२२८ पुगेको छ।

आज थपिएका संक्रमितमध्ये सुर्खेतका मात्रै ४२ जना रहेका छन्। जसमा १३ जना कन्ट्यक्ट ट्रेसिङ, पाँचजना शिक्षक, तीनजना वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी, दुईजना स्वास्थ्यकर्मी, सशत्र प्रहरी र व्यवसायी एक/एकजना, सुरक्षाकर्मी र विद्यार्थी एक/एकजना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएकाे छ।

यस्तै रुकुम पश्चिमका १२ जना र दैलेखका एकजनामा संक्रमण पुष्टि भएको छ। 

आज थप २७ जना कोरोनामुक्त भएका छन्। प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २७१४ पुगेको छ।

प्रदेशभर हालसम्मा ५०८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-09-22 18:36:56

प्रतिकृया दिनुहोस्