मधेसमा पञ्चायती व्यवस्था !

अनलाइनखबर

काठमाडाैं

घटना एक- सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ की १७ वर्षीया किशोरी २९ भदौमा खेतमा काम गर्न जाँदा चार युवकद्वारा सामूहिक बलात्कृत भइन् । घट्नापछि गाउँका पञ्चको पञ्चायती बस्यो । पञ्चायतीमा बलात्कारीलाई कानुनअनुसारको कार्बाही गराउनुपर्नेमा पञ्चले बलात्कारीलाई ५५ हजार जरिवाना तिराउने निर्णय सुनाए । बलात्कृत किशोरीलाई प्रहरीमा नजान चेतावनीसमेत दिए ।

बलात्कारपछि गाउँमा भेला भएका पञ्चको यस्तो पञ्चायतीपछि ती किशोरीले आत्महत्या नै गरिन् । किशोरीले आत्महत्या गरेपछि प्रहरीले त्यस्तो निर्णय गर्ने तीनजना पञ्च र चारमध्ये दुई बलात्कारीलाई पक्राउ गरेको छ । 

घटना दुई : सिरहाको लहान नगरपालिका २४ निवासी श्यामलाल रामका जेठी छोरीको विवाह १२ असारमा सप्तरीको सुरुङ्गा नगरपालिकाका युवकसँग तय गरियो । गाउँकै युवकसँग प्रेममा रहेकी उनकी छोरी आफ्नो विवाह हुने खबर पाएपछि असारको पहिलो साता किशोरी आफ्नो प्रेमीसँग भागिन् ।

प्रकाशित मिति: : 2020-09-23 14:42:30

प्रतिकृया दिनुहोस्