यसै सिजन अनुबन्धित भएका जर्मन मिडफिल्डर काई हाभर्टजको ह्याट्रिकमा चेल्सीले कारबाओ कपमा फराकिलो जित निकालेको छ।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा चेल्सीले च्याम्पियनसिप क्लब बान्र्सलेमाथि ६–० को फराकिलो जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको हो।
एकपक्षीय बनेको खेलमा हाभर्टजले ह्याट्रिक पुरा गर्दा ट्याम्मी अब्राहम, रोस बार्कली र ओलिभर जिरुउडले पनि समान एक गोल गरे।
चेल्सीले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा चार गोल थपेको थियो।
चेल्सीले खेलको १९औँ मिनेटमा ट्याम्मी अब्राहमको गोलबाट अग्रता लिएको थियो।
काउले वुडरोको ब्याकपासलाई आपो हाल्मेले नियन्त्रणमा लिन नसकेको बललाई ट्याम्मीले जाली चुमाएका थिए।
.@KaiHavertz29's first goal for the Blues! ????
— Chelsea FC (@ChelseaFC) September 24, 2020
(That @TammyAbraham dummy too... ????) pic.twitter.com/XIBpQ5hzSI
२८औँ मिनेटमा हाभर्टजले चेल्सीका लागि डेब्यु गोल गरे। मासन माउन्टले दिएको पासमा हाभर्टजले जाली चुमाए।
४९औँ मिनेटमा रोस बार्कलीले गोल गरेपछि चेल्सीले ३–० गोल अन्तरको अग्रता लियो।
५५औँ मिनेटमा पेनाल्टी बक्समा ट्याम्मीले मिलाइदिएको पासमा हाभर्टजले व्यक्तिगत दोस्रो गोल गरे।
६५औँ मिनेटमा ट्याम्मीकै पासमा हाभर्टजले ह्याट्रिक पुरा गरे।
८३औँ मिनेटमा ओलिभर जिरुउडले बेन चिलवेलको पासमा गोल गर्दै चेल्सीलाई ६–० को जित दिलाए।
डेब्यु खेलमै हाभर्टजकाे ह्याट्रिक, चेल्सीले गर्याे आधा दर्जन गाेल || Carabao Cup Highlights Chelsea 6-0 Barnsleyhttps://t.co/QOThUi3yww pic.twitter.com/5yW983vMSG
— BL-News | Nepali (@breaknlinksnp) September 24, 2020