नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

रासस

चितवन 

नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँंगै दुईतर्फी सडक सञ्चालनमा आएको छ। आज अपराह्न १२ः५ बजे पहिरो पन्छाइएको होे। 

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा बुधबार राति ९ः२० बजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो। जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो स्थानमा दुईतर्फी सवारी साधन सञ्चालनमा आएको हो।

सोही सडकखण्डको पाँच किलोमा सडक एकतर्फी सञ्चालनमा रहेको छ। उता पृथ्वी राजमार्गको कुरिनटारमा पनि एकतर्फी सवारी साधन सञ्चालनमा आएको उनले जानकारी दिए। 

केही दिनयताको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी  छ।

प्रकाशित मिति: : 2020-09-24 13:30:07

प्रतिकृया दिनुहोस्