दाेस्रो डिभिजनको लिंकन सिटीमाथि लिभरपुलकाे फराकिलो जित

 लिभरपुल कारवाओ कपको चौथो चरणमा प्रवेश गरेको छ।

सिन्सिल बैंक लिंकनमा बिहीबार राति भएकाे खेलमा लिभरपुलले दोस्रो डिभिजनको लिंकन सिटी एफसीमाथि ७–२ गाेल अन्तरकाे फराकिलो जित दर्ता गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो।

 लिभरपुलको जितमा ताकुमी मिनामिनो र कर्टिस जोन्सले समान दुई तथा जद्रान शाकिरी, मार्काे ग्रुजिक र डिभोक ओरिगीले समान एक गोल गरे। लिंकनका टायो इडुन र लेविस मोन्ट्माले सान्त्वना गोल फर्काए।

लिभरपुलले खेलको नवौं मिनेटमा शाकिरीको गोलबाट अग्रता लिएको थियो। १८औँ मिनेटमा मिनामिनोले अग्रता दोब्बर पारे।

३२औँ मिनेटमा कर्टिस जोन्सले गोल गर्दै लिभरपसलाई ३–० ले अघि बढाए। ३६औँ मिनेटमा कर्टिसले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले पहिलो हाफमा ४–० को अग्रता लिएको थियो।

दोस्रो हाफका शुरुमै मिनामिनोले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुले ४–१ को अग्रता कायम गर्‍याे। 

 ६०औँ मिनेटमा तायो इडुनले गोल गर्दै खेललाई ५–१ को अवस्थामा ल्याए।

६५औँ मिनेटमा मार्काे ग्रुजिकले गोल गर्दै लिभरपुललाई ६–१ काे फराकिलो जिततर्फ अग्रसर बन्यो।

६७औँ मिनेटमा लेविसले गोल गरेपछि खेल ६–२ को अवस्थामा पुग्याे। ८९औं मिनेटमा डिभोक ओरिगीले गोल गदै लिभरपुललाई ७–२ को सानदार जित दिलाए।

प्रकाशित मिति: : 2020-09-25 06:53:41

प्रतिकृया दिनुहोस्