‘‍‍‍…अनि मैले कलम छोडेर कोदालो उचालें’

सुवास पण्डित

 सरकारद्वारा वितरण गरिने पदक माथि विभिन्न ठाउँबाट प्रश्न चिन्ह उठाइरहेका बेला चितवनका एक सफल किसान गणेश भुसालले जनसेवा श्री पाँचौ पदक प्राप्त गरेका छन् । सरकारले बाँड्ने पदक सहि ब्यक्तिले पनि पाएका छन् भन्ने दृष्टान्त बनेका छन् भुसाल ।

विगत १८ वर्षदेखि चितवनको भरतपुर महानगरपालिका वडा नं. २५ मा दिब्यनगरमा १८ बिघा जग्गामा तरकारी खेती गरेका ५४ वर्षीय किसान गणेश भुसालको सफलता अनुकरणीय छ । कृषि क्षेत्रमा पु¥याएको योगदानलाई यसपटक सरकारले कदर गरेकोमा उनलाई खुसी लागेको छ । उनी भन्छन्, ‘सरकारले आफूलाई पदक दिने कुरा थाहा पाउँदा गौरवान्वित बनेको छु, अझै कृषि कर्ममा लाग्ने प्रेरणा र हौसला मिलेको छ ।’ कृषि ज्ञान केन्द्र भरतपुरले उनलाई पदकका लागि सिफारिस गरेको थियो ।

प्रकाशित मिति: : 2020-09-26 09:27:15

प्रतिकृया दिनुहोस्