जर्मन बुन्डेसलिगा अन्तरगत शनिबार साँझ भएकाे खेलमा बोरुसिया डर्टमण्ड पराजित भएको छ।
घरेलु मैदानमा भएकाे खेलमा आउग्सबर्गले डर्टमण्ड २-० गोल अन्तरले पराजित गरेकाे हो।
आउग्सबर्गलाई जित दिलाउन फेलिक्स उडोखाइ र डानिल कालिगुईरीले समान एक/एक गोल गरे।
४०औँ मिनेटमा फेलिक्सले गोल गर्दै आउग्सबर्गलाई सुरुवाती अग्रता दिलाएका थिए।
यस्तै ५४ औँ मिनेटमा डानिलले गोल गर्दै आउग्सबर्गलाई २–० मा पुर्याए। बाँकी समय गाेल नहुँदा आउग्सबर्गले महत्वपूर्ण ३ अंक जाेड्याे।
जितसँगै आउग्सबर्ग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आउग्सबर्गले २ खेलमा ६ अंक छ।
डर्टमण्डको यो सिजनको पहिलो हार हो। डर्टमण्डले २ खेलमा ३ अंक जोडेको छ।