क्रिष्टियानो रोनाल्डोको प्रभावशाली प्रदर्शनका कारण साविकको विजेता युभेन्ट्स हारबाट जोगिएको छ।
इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको युभेन्ट्सले रोमासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
युभेन्ट्सका रोनाल्डोले दुवै गोल गर्दा रोमाका जोर्डन भेरेटआउटले दुवै गोल गरेका थिए।
३१ औँ मिनेटमा पाएको पेनाल्टी तथा पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा जोर्डन भेरेटाउटले रोमाका लागि गोल गरे।
एड्रिन राविओटले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा भेरेटआउटले गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए।
४४ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका रोनाल्डोले ६९ औँ मिनेटमा युभेन्टसका लागि बराबरी गोल गरेका हुन्। पेनाल्टी बक्समा रोनाल्डोको गरेको प्रहारलाई रोमाका लारेन्जो पेलेग्रनीले ह्यान्ड गर्न पुगेका थिए।
त्यसअघि ६२ औँ मिनेटमा राबिओट दोहोरो पहेँलो कार्डा पाएर मैदानबाट बाहिरिएपछि युभेन्टस १० खेलाडीमा सीमित भएको थियो।
अन्य नतिजा
स्पेजियाविरुद्ध सस्सुलो (१–४), हेलास भेरोनाविरुद्ध उडिनेस (१–०), क्रोटोनविरुद्ध एसी मिलान (०–२), नेपोलीविरुद्ध जिनोआ (६–०)