चितवनमा सशस्त्रले स्थापना गर्‍याे एकै दिन २ बिओपी

चितवनमा सशस्त्र प्रहरी बलले एकै दिन २ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको छ। 

चितवनको माडि नगरपालिका १ गर्दिस्थित केदारेश्वर प्राबि र सोही नगरपालिका ९ स्थित राइडाँडा प्राथमिक विद्यालय ती बिओपी स्थापना गरिएका हुन्। 

मर्ज भएपछि खालि रहेका  विद्यालयमा ती बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल १७ नम्बर गण चितवनका एसपी दीपककुमार थापाले जानकार दिए। 

असोज ११ गते सशस्त्र प्रहरी बल बाग्मति प्रदेश मुख्यालय नम्बर ३ गढिमाई बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले बिओपी उद्घाटन गरेका हुन्। 

दुबै बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोलि तैनाथ गरिएको हो। बिओपी स्थापनासँगै चितवनको सीमावर्ति क्षेत्रमा सुरक्षाको महसुस गरेको स्थानियले बताएका छन्।

प्रकाशित मिति: : 2020-09-28 08:25:06

प्रतिकृया दिनुहोस्