रुपन्देहीकाे शुद्धोधन गाउँपालिका ४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
राधा आचार्यको निर्माणाधीन घरमा प्लास्टर गर्ने क्रममा नांगो तारमा छुदा दोगानाका ४० वर्षीय तारासिंह थारुको करेन्ट शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।