५ फरार अभियुक्त एकै दिन पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा कैद तोकिएका ५ जना फरार अभियुक्तहरुलाई एकै दिन पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले ज्यान मार्ने उद्योगदेखि बैंकिङ्ग कसुर मुद्दामासमेत फरार रहेका पाँच अभियुक्तहरुलाई पक्राउ गरिएको जनाएको छ । 

प्रहरीले लागु औषध मुद्दामा दुई, बैंकिङ्ग कसुर मुद्दामा एक, सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दामा एक र ज्यान मार्ने उद्योग मुद्दामा एक जना गरी पाँच फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का रामनाथ महेता रहेका छन् । 

पर्सा जिल्ला अदालतले उनलाई लागु औषध गाँजा मुद्दामा गत वर्ष पुष २९ गते तिन महिना कैद र एक हजार रुपैयाँ जरिवाना तोकेपनि उनी फरार भएका थिए । 

पछिल्लो समय गाउँ नैजिकै लुकिछिपी बसिरहेको विशेष सूचनाको अधारमा खटेको प्रहरी टोलिले उनलाई सोमबार पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । 

त्यसैगरी सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दामा फरार पकाहामैनपुर गाउँपालिका वडा नम्बर एक धोरे निवासी ५० वर्षीय मलख राउत यादवलाईपनि प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि अदालतको आदेश वाजजुद फरार रहँदै आएका उनलाईपनि हिजै प्रहरीले पक्राउ गरेको थियो  । 

यसैगरी लागु औषध सम्बन्धित कसुर मुद्दाका फरार अर्का प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । जेठ महिनादेखि फरार रहँदै आएका उनलाई पर्सा प्रहरीले पक्राउ गरिएको जनाएको छ । 

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ निवास ३० वर्षीय कुँवर सिंह रहेका छन् । प्रहरीले बैकिङ्ग कसुर सम्बन्धी मुद्दामा अनुसन्धानको क्रममा वारदात पश्चात फरार रहेका एक प्रतिवादीलाई पनि पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पकहामैनपुर गाउँपालिका वडा नम्बर ५ घर भएर हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ मा बस्दै आएका ५८ वर्षीय सत्य नारायणप्रसाद रहेका छन् । 

यस्तै पर्सा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहँदै आएका पोखरिया नगरपालिका वडा नम्बर ६ बस्ने ४८ वर्षीय चन्द्रिका महतोलाई पक्राउ गरेको छ । 

महतोलाई प्रहरीले सोमबार नै पोखरिया नगरपालिका ७ स्थित सडक खण्डबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति: : 2020-09-29 19:14:59

प्रतिकृया दिनुहोस्