चेल्सीका पूर्व फरवार्ड डिडियर ड्रोग्बाले ‘यूईएफए प्रेसिडेन्ट्स अवार्ड’ प्राप्त गरेका छन्।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले २०२० को ‘यूईएफए प्रेसिडेन्ट्स अवार्ड’ ड्रोग्बालाई दिने निर्णय गरेको हो।
आइभरी कोस्टका ४२ वर्षीय फरवार्ड ड्रोग्बालाई बिहीबार च्याम्पियन्स लिग ड्र सार्वजनिक गरिने कार्यक्रममा अवार्ड प्रदान गरिनेछ।
ड्रोग्बालाई आइभरी कोस्टका महान फुटबलर मानिन्छ। उनले सन् २००२ देखि २०१४ सम्म आइभरी कोस्टका लागि खेलेका छन्।
उजले राष्ट्रका लागि १ सय ५ खेलमा ६५ गोल गरेका छन्।
ड्रोग्बाले प्रिमियर लिगमा चेल्सीका लागि ३ सय ८१ खेल खेलेका थिए। जसमा उनले १ सय ६४ गोल गरेका थिए।
चेल्सीका लागि उनले चार प्रिमियर लिग उपाधि जित्दा एक च्याम्पियन्स लिग जितेका थिए।