पर्सामा अबैध रुपमा भित्र्याइएको भारतीय स्कारपियो र कार नियन्त्रण लिइएको छ।
चोरी पैठारी गरी ग्रामीण एरियाहरुमा चलाई रहेको भन्ने विशेष सुचना प्रहरी टोलिले भारतीय नम्बर बिआर ३१ जे ३६८१ कार र बिआर ०५ पीए नम्बरको स्कारपियो नियन्त्रणमा लिएको हो।
वीरगञ्ज महानरपालिका १६ चालिस फिट्टे सडक खण्डबाट नियन्त्रणमा लिइएको उक्त सवारीको अमू ४० लाख बराबर रहेको प्रहरीले जनाएको छ।
फेला पारेको उक्त सवारीबारे वरपर सोधपुछ गर्दा कोही कसैले हक दाबी नगरेकोले वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।