३९ सय ५० केजी  केराउसहित ट्याक्टर र चालक नियन्त्रणमा

पर्स प्रहरीले राजश्व छली गरि नेपालबाट भारततर्फ लैजाँदै गरेकाे मटर (केराउ) र ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएकाे छ।  

वीरगञ्ज महानरपालिका १६ चालिस फिट्टे सडक खण्डबाट ना.६ त ८७१० नं.को ट्याक्टरसहित ३९ सय ५० केजी  मटर (केराउ)  प्रहरीले नियन्त्रणमा लिएकाे हाे। 

प्रहरीका अनुसार ट्याक्टर चालक वीरगञ्ज महानगरपालिका १४ बस्ने अमर राउतको छोरा २० वर्षीय रोशन पटेललाई पनि पक्राउ गरिएकाे छ। 

नियन्त्रणमा लिइएकाे उक्त ट्याक्टर र केराउ वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएकाे छ ।
 

प्रकाशित मिति: : 2020-09-30 19:29:21

प्रतिकृया दिनुहोस्