मलको अभावमा झापामा ५ प्रतिशत धान उत्पादन कम हुने

रासायनिक मलको चरम अभावका कारण झापामा यो वर्ष प्रक्षेपण गरिएभन्दा पाँच प्रतिशतले धान उत्पादन घट्ने जिल्ला कृषि ज्ञान केन्द्रले बताएको छ।

नेपालको अन्न भण्डारको रूपमा चिनिएको झापामा गत वर्ष ८७ हजार पाँच सय हेक्टरमध्ये ९७ प्रतिशत अर्थात् ८२ हजार हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो, जहाँ चार दशमलव छ मेट्रिकटन प्रति हेक्टर धान उत्पादन भएको थियो। यो वर्ष झापामा ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ। झापामा गत वर्ष वर्षे र चैते धान खेती एक लाख चार हजार छ सय ७५ हेक्टर क्षेत्रफलमा गरिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ। जहाँ चार लाख ८४ हजार नौ सय ६२ मेट्रिक टन धान उत्पादन भएको थियो । उत्पादनका हिसावले हेर्ने हो भने चार दशमलव दुई मेट्रिक टन धान प्रति हेक्टर उत्पादन भएको हो।

‘टपडे«स’को समयमा रासायनिक मल नपाउनु, धानको फूल खेल्ने समयमा हावा हुरी आउनु तथा धान बालीमा फड्के, गवारो लगायतका किराले क्षति पु¥याएका कारण धान उत्पादनमा कमि आउने केन्द्रले जनाएको छ।

जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंह भन्छन्, ‘धान फूल खेल्ने समयमा पनि लगातार झरी र हावाहुरी आएका कारण पनि यो वर्ष झापामा धान उत्पादनमा कमी आउने छ।’

सरकारले कृषकका लागि समयमा रासायनिक मल उपलब्ध गराउन नसक्दा बिना मल कतिपय कृषकले धान रोपेका थिए। उनीहरूले टपड्रेसको समयमा पनि आवश्यक पर्ने युरिया मल प्रयोग गर्न पाएका थिएनन्।

‘अगौटे ९छिटो पाक्ने धान० जातका धानमा बाला लागीसकेको अवस्थामा हावाहुरीले लडाएर नोक्सान पु¥याएको छ’ –सिंहले भने– ‘हावाहुरीसँगै केही दिनअघि परेको झरीले यो वर्ष किसानलाई ठूलो क्षति पु¥याएको छ।’

स्थानीय तहमा कति क्षति भयो त्यसको विवरण संकलनको काम भइरहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। स्थानीय तहका कर्मचारीसँग तथ्याङ्क संकलन गर्ने काम भइरहेको सिंहको भनाई छ। धानसँगै अन्य कुन–कुन बालीमा के–कति क्षति भएको छ त्यसको समेत विवरण तयार गर्न परिपत्र गरेको उनले बताए ।

प्रारम्भिक विवरण अनुसार यो वर्ष तीनदेखि पाँच प्रतिशत धान उत्पादनमा कमी आउने देखिएको बताउँदै केन्द्र प्रमुख सिंहले भने– ‘केही स्थानीय तहबाट विवरण आइसकेको छ, त्यसअनुसार बालीमा केही न केही क्षति भएको देखिन्छ ।’ १५ वटै पालिकाको विवरण आएपछि मात्रै झापामा यो वर्ष कुन बालीमा के कति क्षति भयो भन्न सकिने केन्द्र प्रमुख सिंहले बताए । किरा नियन्त्रणका लागि कृषि ज्ञान केन्द्र र स्थानीय तहमा भएका कृषि शाखाबाट काम भइरहेको उनको भनाइ छ । स्थानीय तहका प्राविधिक अहिले किसानको खेत–खेतमै पुगेर कुन रोग लागेको छ, त्यसको यकिन गर्दै विषादिका विषयमा कृषकलाई जानकारी गराउँदै आएको सिंहले बताए ।

धानको उत्पादकत्व वृद्धि गर्न सरकारले झापा मै धान सुपरजोन कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति: : 2020-10-01 16:32:00

प्रतिकृया दिनुहोस्