प्रहरीले काठमाडौंको कलंकीबाट ठूलो मात्रामा म्याद सकिएको खाद्यपदार्थ बरामद गरेकाे छ। दुई वटा पसलबाट स्निकर, प्रिङ्गर्स, ट्याङ र ओरियो बिस्कुटसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाले आईएन डिस्ट्रिव्यूर्टसबाट म्याद सकिएको सामग्रीमा नयाँ स्टिकर टाँस गर्दै बजार पठाउने तयारी भइरहेका बेला बिहीबार दिउँसो सामग्री बरामद गरेको हो।
प्रहरीले आइएन डिस्ट्रिब्यूटर्सका सञ्चालक रौनक गोथ्रालाई बाफल र पुस्पादेवी अग्रवाललाई पुतलीसडकबाट पक्राउ गरेको छ। आइएन डिस्ट्रिब्यूटर्सका स्टोर किपर रौतहटका पप्पु शर्मा, महोत्तरीका श्याम प्रसाद सिंह र रौतहटका मुन्ना ठाकुर पनि पक्राउ परेका छन्।
५ वटा कोठामा राखिएका सामग्रीमा धमाधम नयाँ स्टिकर टाँसिरहेको सूचना पाएपछि प्रहरीले तत्काल सिल गरेको थियो।
वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय र अपराध महाशाखाको टोलीले आवश्यक प्रक्रिया पुर्याएर सामग्री बरामद गरेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए। स्टिकर तयार गर्ने मेसिन समेत प्रहरीले बरामद गरेको छ।