यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सन् २०२०-२१ सिजनमा इटालियन च्याम्पियन युभेन्ट्स र बार्सिलोना समूह ‘जी’ मा परेका छन्।
बिहीबार युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह चरणको ड्र सार्वजनिक गरेको हो।
यूईएफएले निकालेको ड्र अनुसार लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोको टिम समूह चरणमै खेल्ने भएका छन्।
समूह ‘जी’ मा बार्सिलोना र युभेन्ट्ससँगै डाइनामो किभ रहेका छन्।
साविक विजेता वायर्न म्युनिख भने समूह 'ए' मा परेको छ। यस समूहमा एट्लेटिको मड्रिड र सल्जबर्ग पनि रहेका छन्।
प्रतियोगिता अक्टोबर २० बाट सुरु हुँदै छ र फाइनल २९ मेमा हुनेछ।
अन्य
समूह ए : वायर्न म्युनिख, एटलेटिको म्याड्रिड, एफसी साल्जबर्ग, लोकोमोटिभ मस्को
समूह बी : रियल म्याड्रिड, शाख्तार डोनेस्क, इन्टर मिलान, बोरुसिया मोन्चेनग्लाडबाक
समूह सी : एफसी पोर्टो, म्यान्चेस्टर सिटी, ओलाम्पियाकोस, मार्से
समूह डी : लिभरपुल, आयाक्स, एटलान्टा, एफसी मिद्त्जील्यान्ड
समूह ई : सेभिया, चेल्सी, क्राज्नोडार, रेन्नेस
समूह एफ : जेनिट सेन्ट पिटर्सबर्ग, बोरुसिया डर्टमुन्ड, लाजियो, क्लब ब्रुगा
समूह जी : युभेन्टस, बार्सिलोना, डिनामो किएभ, फेरेन्साव्रोसी
समूह एच : पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, आरबी लाइप्जिग, इस्तानबुल बसाकसेइर