हालान्डको दुई गोलमा डर्टमुन्डकाे फराकिलाे जित

 नर्वेजियन फरवार्ड एर्लिङ ब्राउट हालान्डको दुई गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा फराकिलाे जित निकालेकाे छ।

घरेलु मैदान सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा डर्टमुन्डले  फ्रेइवर्गलाई ४–० ले पराजित गरेको हाे। 

डर्टमुन्डका लागि हालान्डले दुई गोल गरे। यता इम्री क्यान र फेलिक्स पासल्याकले समान एक/एक गरे। 

खेलकाे ३१औँ मिनेटमा हालान्डले गोल गर्दै डर्टमुन्डलाई १–० को अग्रता दिलाए।

उनले जियोभानी रेनाको पासमा पेनाल्टी बक्सबाट दोस्रो बार च्याप्दै गोल गर्न सफल भएका थिए। 

 ४७औँ मिनेटमा क्यानले जियोभानी रेनाकै कर्नरमा हेडरमार्फत गोल गर्दै डर्टमुन्डलाई २–० को अग्रता दिलाए।

६६औँ मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गरेपछि डर्टमुन्डले खेलमा ३–० को अग्रता लिन सफल भयो।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा हालान्डको पासमा फेलिक्सले गोल गर्दै डर्टमुन्डलाई ४–० को फराकिलो जित दिलाए। 

यस जितसँगै डर्टमुन्डले ३ खेलबाट ६ अंक जोडेको छ। पराजित फ्रेइवर्गको ४ अंक रहेको छ।

प्रकाशित मिति: : 2020-10-04 06:15:55

प्रतिकृया दिनुहोस्