इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएकाे खेलमा म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेको छ।
अवे मैदानमा भएकाे खेलमा लिड्स युनाइटेडसँग १-१ गोलको बराबरी खेल्दै सिटीले अंक बाडेको हो।
सिटीले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरी खेलेको हो।
१७ औँ मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, खेलको ५९औँ मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए।
लिड्ससँगको बराबरीसँगै सिटीले ३ खेलमा ४ अंक जोडेको छ। सिटी लिगको दशौँ स्थानमा रहेको छ।
लिड्स ४ खेलमा ७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।