एस्टन भिल्लासँग लिभरपुलकाे लज्जास्पद हार, ओलीले हाने ह्याट्रिक

डिफेन्डिङ च्याम्पियन लिभरपुललाई लज्जास्पद हार व्यहाेरेकाे छ। घरेलु मैदानमा भएकाे खेलमा एस्टन भिल्लाले लिभरपुललाई ७–२ को लज्जास्पद हार चखाएको हो।

भिल्ला पार्कमा आइतबार राति भएको खेलमा घरेलु टोलीका लागि ओली वाटकिन्सले ह्याट्रिक पुरा गरे। यस्तै ज्याक ग्रेयलिसले दुई तथा जोन म्याकजिन र रस बार्कलेले समान एक/एक गोल गरे। लिभरपुलका मोहम्मद सलाहले दुई गोल गरेपनि हार टार्न सकेन। 

चौथो मिनेटमा नै ओली वाटकिन्सको गोलबाट अग्रता लिएको थियो। 

२२औँ मिनेटमा ज्याक ग्रेयलिसकै पासमा वाटकिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै भिल्लालाई २–० ले अघि बढाए। 

३३औँ मिनेटमा सलाहले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। 

३५औँ मिनेटमा जोन म्याकजिनले गाल गरेपछि भिल्लाले ३–१ को अग्रता लिन सफल भयो। 

३९औँ मिनेटमा वाटकिन्सले ह्याट्रिक पुरा गरे। रस बार्कलेको फ्रिकिकमा ट्रेजेगुइटको क्रसमा वाटकिन्सले हेडरमार्फत गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए।

५५औँ मिनेटमा रस बार्कलेले गोल गरेपछि एस्टन भिल्ला फराकिलो जिततर्फ अग्रसर बन्यो। 

६०औँ मिनेटमा रोबर्टाे फिर्मिन्होको पासमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको आशा जीवितै राखे।

६६औँ मिनेटमा ज्याक ग्रेयलिसले गोल गरेपछि लिभरपुल खेलमा ६–२ ले पछि पर्‍यो। 

७५औँ मिनेटमा ज्याक ग्रेयलिसले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ७–२ को लज्जास्पल हार चखाए। 

जितसँगै अपराजित रहेको एस्टन भिल्ला ३ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। पराजित लिभरपुल चार खेलबाट ९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-10-05 06:55:21

प्रतिकृया दिनुहोस्