कोरोना महामारीबीच ७८ सेना दक्षिण सुडान प्रस्थान

कोरोना महामारीबीच ७८ जना नेपाली शान्ति सैनिक दक्षिण सुडान त्यसतर्फ प्रस्थान गरेका छन्।

शान्ति स्थापनार्थ आइतबार राति उनीहरु दक्षिण सुडान प्रस्थान गरेका हुन्।

संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत हाई रेडिनेस कम्पनी (एचआरसी)काे नियमित अदलबदलीका क्रममा नेपाली शान्ति सैनिककाे पहिलो डफ्फा काठमाडौंबाट जहाजमार्फत त्यसतर्फ गएको सेनाले जनाएको छ।

दक्षिण सुडानबाट फर्किने सेना भने आज (सोमबार) आइपुग्ने सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित मिति: : 2020-10-05 07:37:15

प्रतिकृया दिनुहोस्