युवतीलाई विवाह गर्ने आश्वासन दिएर यौन सम्पर्क, अनि विष खुवाएर मार्ने असफल प्रयास

युवतीलाई विवाह गर्ने आश्वासन दिएर यौन सम्पर्क राखेपछि जङ्गलमा लगेर ज्यान मार्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन्।

सुनसरीको इटहरी उपमहानगरपालिका २ तालतलैया पार्कको जङ्गलमा यौन सम्पर्क राखेपछि विष खुवाएर मार्ने प्रयास गरेको आराेपमा उनलाई पक्राउ गरिएकाे हाे। 

पक्राउ पर्नेमा मोरङको ग्राम थान गाउँपालिका -१ लखनतरी बस्ने ३० वर्षीय विकाशकुमार खाँ रहेका छन्।

सुनसरी प्रहरी प्रमुख कमल थापाका अनुसार घटना गत फागुन २२ गतेको हाे। त्यसपछि खाँ फरार थिए। 

आरोपी खाँलाई अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2020-10-05 13:50:18

प्रतिकृया दिनुहोस्