पोखराबाट ८०० बढीले लिए पुनः श्रम स्वीकृति

विश्व महामारीकारुपमा फैलिएको कोभिड-१९ को कहरकाबीच गण्डकी प्रदेशको राजधानी पोखराबाट ८०० बढीले पुनः श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये अघिल्लो वर्षको हकमा संख्या कम भएपनि कोरोना कहरकाबीच ८२६ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

चालू आर्थिक वर्ष २०७७/७८ को साउनमा मात्रै ४२६ जना पुरुष र छजना महिलाले स्वीकृति लिएका छन् ।

यस्तै, भदौमा पुरुष २०१ र महिला आठजनाले स्वीकृति लिएका छन् भने असोज १४ गतेसम्म पुरुष १८३ र महिला दुईजना गरी कुल ८२६ जनाले पुनः श्रम स्वीकृति लिएको श्रम तथा वैदेशिक रोजगार कार्यालय, पोखराका सूचना अधिकारी छन्दनारायण श्रेष्ठले बताउनुभयो ।

यसअघि, प्रतिदिन १०० को हाराहारीमा सेवाग्राीहले पुनः श्रम स्वीकृति लिने गरेकोमा अहिले कोरोनाका कारण केही संख्या कम भएको उहाँले बताउनुभयो ।

‘लकडाउन’का कारण छ महिनासम्म सेवाग्राहीले सेवा लिन नपाएकोमा अझै संख्या बढ्नसक्ने उहाँले बताउनुभयो ।

कार्यालय स्थापनासँगै गण्डकी प्रदेशसहित आसपासका बासिन्दालाई श्रम स्वीकृतिका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

प्रकाशित मिति: : 2020-10-05 15:11:18

प्रतिकृया दिनुहोस्