नेयमारसँगको खटपट परेका फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व स्ट्राइकर एडिन्सन काभानी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन्।
३३ वर्षीय उरुग्वेका खेलाडी काभानीले इंग्लिस क्लब म्यानचेस्टर युनायटेडसँग एक वर्षको सम्झौता गरेका हुन्।
पीएसजीसँगको सम्झौता सकिएसँगै उनी गएको जुन अन्त्यमा पीएसजीबाट बाहिरिएका थिए। उनको नेयमारसँग कुरा नमिले पछि सम्झैता नविकरण नगरिएको बुझिएको छ।
यस सिजन च्याम्पियन्स लिगमा पनि बलियो खेल प्रदर्शन गर्ने तयारी भएका कारण पनि युनाइटेड उनलाई भित्र्याएको हो।
उनले क्लब प्रतिस्पर्धामा ५५६ खेलमा ३४१ गोल गरेका छन्। त्यसमध्ये उनले पीएसजीबाट ३०१ खेलमा कीर्तिमानी २०० गोल गरेका छन्। काभानीले राष्ट्रिय टोलिबाट ११६ खेलमा ५० गोल गरेका छन्।
उनले म्यानचेस्टर युनाइटेडबाट खेल्ने पहिलो खेल च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत अक्टोबर २० मा पीएसजीसँग हुने खेल बन्न सक्ने छ। त्यसअघि युनाइटेडले प्रिमियर लिगमा अक्टोबर १७ मा न्यूक्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।