यी हुन् भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार पाउने तीन वैज्ञानिक

यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा दिइएको छ ।

रोयल स्विडिस एकेडेमी अफ साइन्सले  मंगलबार बेलायतका रोजर पेनरोज, जर्मनीका रेनहार्ड गेन्जेल र अमेरिकाकी एन्द्रेया घेजलाई भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घाेषणा गरेकाे हाे ।

यसअघि साेमबार यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार हेपाटाइटिस-सी भाइरस पत्ता लगाउने दुई अमेरिकी वैज्ञानिकहरु हार्वे जे अल्टर र चार्ल्स एम राइस तथा एक बेलायती वैज्ञानिक माइकल हगटनलाई संयुक्त रुपमा दिने घाेषणा गरिएकाे थियाे ।

विश्व प्रतिष्ठित नोबेल पुरस्कार हरेक वर्ष चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थतन्त्रको क्षेत्रमा उत्कृष्ट काम गर्नेहरूलाई प्रदान गरिन्छ । नोबेल पुरस्कारको राशी १ करोड स्विडिस क्रोनर अर्थात् करिब ११ लाख १८ हजार डलर रहेकाे छ ।

प्रकाशित मिति: : 2020-10-06 16:55:22

प्रतिकृया दिनुहोस्