१२ पटकका फ्रेन्च ओपन च्याम्पियन नाडाल सेमिफाइनलमा

१२ पटकका फ्रेन्च ओपन च्याम्पियन राफायल नाडाल सेमिफाइनलमा प्रवेश गरेका छन्।

रोजर फेडेररको ग्राण्ड सलाम उपाधिको कीर्तिमानमा बराबरी गर्ने लक्ष्यमा रहेका नाडाल क्वाटरफाइनलमा जानिक सिनरसँगको खेलमा पुनरागमन गर्दै अन्तिम चारमा पुगेका हुन्। 

Image

नाडालले जानिकलाई ७–६ (७–४), ६–४ र ६–१ को सेटमा पराजित गरेका हुन्। इटालियन खेलाडी जानिकले नाडाललाई पहिलो पछि पारेका थिए। तर त्यसपछिका सेटमा पुनरागमन गरी स्पेनिस नाडालले जित निकालेका हुन्।

Image

३३ वर्षका नाडालले अहिलेसम्म १९ पटक ग्राण्ड सलाम उपाधि जितेका छन्  उनी २० ग्राण्ड सलाम उपाधि जितेर फेडेररले बनाएको कीर्तिमानमा बराबरी गर्ने होडमा छन्।

नाडालले फाइनल प्रवेशका लागि अर्जेन्टिनाका डिएगो श्वार्ट्जमनसँग प्रतिस्पर्धा गर्ने छन्। 

डोमिनिक थिएमलाई पराजित गरेर डिएगो अन्तिम चारमा आएका हुन्। 

प्रकाशित मिति: : 2020-10-07 06:37:19

प्रतिकृया दिनुहोस्