फरवार्ड ओलिभर जिरुउडले दुई गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा विश्वविजेता फ्रान्सले युक्रेनमाथि सानदार जित दर्ता गरेको छ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा फ्रान्सले युक्रेनमाथि ७–१ को प्रभावशाली जित दर्ता गरेको हो।
स्टेड डि फ्रान्स पेरिसमा भएको खेलमा ओलिभर जिरुउडले दुई तथा इडुआर्डो कामाभिंगा, कोरेन्टिन टोलिसो, केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनले गोल गरे। एक गोल उपहार पाउदा युक्रेनका भिक्टोरले सान्त्वना गोल फर्काए।
खेलको पहिलो हाफमा ४ र दोस्रो हाफमा पनि चार गोल सम्भव भएको थियो।
खेलमा फ्रान्सले खेलको नवौं मिनेटमा युवा स्टार कामाभिंगाको गोलबाट अग्रता लिएको थियो। जिरुउडले खेलको २४औँ मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे।
३४औँ मिनेटमा जिरुउडले व्यक्तिगत तेस्रो गोल गरेपछि फ्रान्स खेलमा ३–० ले अघि बढ्यो।
३९औँ मिनेटमा भिटाली माइकोलेन्कोले आत्मघाती गोल गरेपछि फ्रान्सले पहिलो हाफमै ४–० को आरामदायी अग्रता लिन सफल भयो।
दोस्रो हाफको ५३औँ मिनेटमा पाहुना टोलीका भिक्टोरले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए। ६५औँ टोलिसोले गोल गर्दै फ्रान्सलाई फराकिलो जिततर्फ अग्रसर गराए।
८२औँ मिनेटमा एमबाप्पेल गोल गरेपछि फ्रान्सल खेलमा ६–१ को फराकिलो अग्रता लियो।
निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी रहँदा ग्रिजमले गोल गर्दै फ्रान्सलाई ७–१ को सानदार जित दर्ता गराए।
मैत्रीपुर्ण खेलपछि नेसन्स लिग ‘ए’ को ग्रुप ३ मा रहेको फ्रान्सले पोर्चुगलसँग १२ अक्टोवरमा तथा १५ अक्टोवरमा क्रोएसियासँग खेल्ने छ।
समुहमा पोर्चुगल ६ अंक जोडेर शीर्षस्थानमा रहँदा समान ६ अंक भएपनि फ्रान्स गोलअन्तरमा दोस्रो स्थानमा रहँदा अंकविहीन स्वीडेन र क्रोएसिया तेस्रो र चौथो स्थानमा छ।
यता, लिग ‘ए’ को ४ मा रहेको युक्रेनले ११ अक्टोवरमा जर्मनीको तथा १४ अक्टोवरमा स्पेनको सामना गर्दैछ।
युक्रेन ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा स्पेन ४ अंकसहित शीर्षस्थानमा छ। जर्मनीको २ तथा स्वीट्जरल्यान्डको १ अंक छ।