पुर्णरुपमा ठिक नहुँदै काममा फर्किए ट्रम्प, सबैलाई कोरोनाको औषधी दिने गरे घाेषणा

बिएल संवाददाता

न्युयाेर्क

कोरोना संक्रमण भएपछि ३ दिन अस्पतालमा बसेर डिस्चार्ज भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किएका छन्।

कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका उनी पूर्णरूपमा ठीक नहुँदै सोमबार बेलुका ह्वाइट हाउस फर्किएका थिए।

त्यसको २ दिनपछि उनी ह्वाइटहाउस स्थित ओवल अफिसमा पुगेका हुन्।

ओवल अफिस पुगेर ट्वीटरमा भिडियो सन्देश दिएका ट्रम्पले आफूमा कुनै स्वास्थ्य समस्या नभएको बताएका छन्।

‘मैले एकदमै राम्रो महसुस गरिरहेको छ। लाग्छ यो भगवानको कृपा हो,’ ट्रम्पले भने।

उनको उपचारमा संलग्न चिकित्सक डा. शन कोन्लीका अनुसार ट्रम्पमा पछिल्ला चार दिन यता ज्वरो छैन।

उनलाई २४ घण्टा यता कोरोनाको कुनै लक्षण पनि देखिएको छैन। त्यसैले कार्यालय जान दिइएको उनले बताए।

यद्यपी अस्पतालबाट फर्किएपछि उनले ‘क्वारेन्टाइन’ को नियम पछ्याउनु पर्ने थियाे। उनी २ हप्ता ‘क्वारेन्टाइन’मा बस्नुपर्ने चिकित्सकले बताएका थिए। यतिबेला उनको परिवार पनि क्वारेन्टाइनमा बस्न विवश छन्।

तर, ७४ वर्षका ट्रम्पले लगातार कोरोना भाइरसलाई गम्भीर रुपमा लिएका छैनन्। उनले कोरोना भाइरसलाई समान्य फ्लू जस्तो भन्दै आएका छन्। 

आइतबार अस्पताल मैरहेका ट्रम्प गाडीमा बाहिर आएर समर्थकलाई अभिवादन गरेका थिए। गाडीमा रहेका उनले मास्क मात्रै लगाएका थिए।

सामाजिक दूरीको समेत विरोध गर्दै आएका ट्रम्प गाडी चलाउनेहरुको सुरक्षा तथा संक्रमित भएको व्यक्तिले बाहिर यसरी आउनु उपयुक्त नरहेको भन्दै उनको गतिविधिको आलोचना भइरहेको छ।

त्यसका बाबजुद  मंगलबार ट्रम्पले फेरि विवादास्पद कुरा गरेका थिए। उनले कोरोना भाइरस मौसमी रुघाखोकीभन्दा कम खतरनाक भएको भन्दै एक पोष्ट गरेका थिए। जुन पोष्ट फेसबुकले हटाएको थियो। 

फेसबुकका प्रवक्ता एन्डी स्टोनले कोरोना भाइरसको गलत सूचना भएका कारण उक्त पोष्ट हटाइएको जनाएका छन्। 

ट्रम्पले कोरोना भाइरसको खतरालाई बेवास्ता गरिरहेका छन्।

आफै उक्त भाइरसबाट संक्रमित भएका समयमा पनि उनी यसलाई बेवास्ता गर्दै छन्।

यसैका कारण उनी पुर्ण रुपमा ठिक नभइ काममा फर्किए जोखिम बढाएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।

यता, फरक प्रशंगमा उनले छिटै सबै अमेरिकीले कोरोना भाइरसको संक्रमणको औषधी पाउनेमा आफू विश्वस्त रहेको बताए।

‘म सबै अमेरिकीको उपचारमा पहुँच पुगेको हेर्न चाहन्छु, त्यसका लागि रेजेनरन फर्मास्यूटिकलले निर्माण गरेका औषधि निःशुल्क वितरण गरिनेछ, ट्रम्पले भने, ‘जुन परीक्षणकै क्रममा भएर पनि मलाई दिइएको थियो।’

ट्रम्पलाई अस्पताल राख्दा  कम्तीमा एकपटक अक्सिजनको सपोर्ट दिइएको थियो। उनलाई स्टेरोइड पनि दिइएको थियो। 

स्टेरोइड कोरोना भाइरसबाट संक्रमित भइ गम्भीर स्वास्थ्य अवस्था भएका बिरामीलाई दिइन्छ।

यस्तै उनलाई रेमडेसिभिसहितका औषधि दिइएको थियो। 

रेजेनरनले उत्पादन गरेको कोरोनाविरूद्धको हजारौँ डोज औषधि लगभग तयार भए पनि त्यसको प्रयोगमा अनुमति पाएको छैन। यद्यपी ट्रम्पले बजारमा उपलब्ध नभए पनि छिट्टै त्यसले अनुमति पाउने विश्वास व्यक्त गरे।

यसअतिरिक्त अन्तिम परीक्षणको क्रममा रहेका भ्याक्सिन छिट्टै सफल हुने पनि उनले विश्वास व्यक्त गरे।

यस्तै ट्रम्पले आफू छिट्टै चुनाव प्रचारमा लाग्ने पनि बताएका छन्। आउँदो नोभेम्बर ३ मा हुने चुनावमा ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग प्रतिस्पर्धा गर्ने छन्।

याे पनि 

 

अक्सिजन लेभल कम भएकै अवस्थामा दिइयाे ट्रम्पलाई डिस्चार्ज, चुनाव प्रचारमा छिट्टै फर्किने घाेषणा

काेराेना संक्रमित ट्रम्पको अर्को विवादास्पद कार्य, अस्पतालबाट बाहिर आएर समर्थकलाई गरे अभिवादन

ट्रम्पको स्वास्थ्य अवस्था र अमेरिकी चुनावको भविष्य?

प्रतिस्पर्धी बाइडेन र उत्तर कोरियाका नेता किमद्वारा ट्रम्प दम्पतीको स्वास्थ्य लाभको कामना

बाइडेन दम्पतीको कोरोना टेस्ट नेगेटिभ

यी हुन कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेता

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण

सल्लाहकारलाई संक्रमण भएपछि ट्रम्पको कोरोना परीक्षण

‘प्रेसिडेन्सियल डिबेट’ मा चर्काचर्की:ट्रम्पले भने–वाइडेन राष्ट्रपति भएको भए २ करोड मान्छे मारिन्थेँ, वाइडेनले भने– सटअप!

प्रकाशित मिति: : 2020-10-08 09:31:54

प्रतिकृया दिनुहोस्