कम्प्युटर जस्तै काम गर्ने ग्यालेक्सी नोट २० र नोट २० अल्ट्राको नेपाली मूल्य कति ?

नेपाली बजारमा विक्री भइरहेका सामसङ ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा स्मार्ट फोन काम गर्न र गेम खेल्न लोकप्रिय भएका छन् ।

भदौ तेस्रो हप्तामात्र नेपाली बजारमा आएको ग्यालेक्सी नोट २० सिरिजका मोबाइलले कम्प्युटर जस्तै काम गर्न सक्ने र प्रो गेमहरु सहजै खेल्न सकिने कम्पनीले बताएको छ।

नोट पारखीहरुलाई लक्षित गरी निर्माण गरिएको स्मार्ट फोनलाई कार्यसम्पादनमा उत्कृष्टता ल्याउने गरी बनाइएको कम्पनीको दाबी छ ।

निरन्तर वर्क एण्ड प्ले गर्न सकिने कम्पनीले दाबीका साथ विक्री गरिरहेको छ ।

ग्यालेक्सी नोट २० मिस्टिक ब्रोन्ज, मिस्टिक ग्रे र मिस्टिक ग्रीन रंगमा उपलब्ध छ भने ग्यालेक्सी नोट २० अल्ट्रा मिस्टिक ब्रोन्ज र मिस्टिक ब्ल्याक रंगमा पाइन्छ।

ग्यालेक्सी नोट २० को बजार मूल्य १ लाख ९ हजार ९ सय ९९ रुपैयाँ छ तोकिएको छ।

यसैगरी ग्यालेक्सी नोट २० अल्ट्राको बजार मूल्य १ लाख ३९ हजार ९ सय ९९ रहेको कम्पनीले जनाएको छ।

दुवै सेट किन्दा ग्राहकहरुले एकपटकको टुटफुटमा एक वर्षको बीमा सुविधा प्राप्त गर्न सक्नेछन्।

यी मोबाइल सेट किन्न बिभिन्न बैंकबाट मासिक किस्तामा किन्न सकिने सुविधा पनि कम्पनीले दिएको बताएको छ।

प्रकाशित मिति: : 2020-10-08 11:50:36

प्रतिकृया दिनुहोस्