दुई दिनसम्म ब्याट्री टिक्ने नोकिया फोन नेपाली बजारमा

फिंगरप्रिन्ट र फेस अनलकसहितको नोकिया २.४ स्मार्टफोन नेपालमा सार्वजनिक भएको छ । यसमा ६.५ इन्चको एचडी प्लस डिस्प्ले रहेको छ ।

यसका साथै नोकिया २.४ एन्ड्रोइड प्रतिज्ञाहरुका साथ आउँदछ जसमा ३ वर्षसम्मको मासिक सक्युरिटी अपडेट र २ वर्ष सम्मको ओएस अपडेट छ जसको अर्थ यो एन्ड्रोइड ११ र १२ का लागि तयार छ ।

एआई इमेजिंगबाट फ्यूल्ड विस्तृत नाइट र पोट्रेट शट फिचर यसमा रहेको छ । यो स्मार्टफोनको नेपाली बजारमा १४ हजार ४९९ तोकिएको छ । नोकिया २.४ मा ४५०० एमएएच ब्याट्री छ जुन एकपटक चार्ज गर्दा दुई दिनसम्म टिक्ने कम्पनीले दाबी गरेको छ ।

प्रकाशित मिति: : 2020-10-08 11:53:05

प्रतिकृया दिनुहोस्