अक्टुबरमा पनि फातीले सो अवार्ड जिते एक भन्दा बढी पटक प्लेयर अफ दी मन्थ बन्नेमा फाती ला लिगाका १२ औं खेलाडी बन्नेछन्।
बार्सिलोनाका युवा विंगर अन्सु फाती ला लिगामा सेप्टेम्बरको उत्कृष्ट खेलाडी चुनिएका छन्। ला लिगाका फलोअर्स र लिगका प्रायोजकहरुको मतका आधारमा महिनाको उत्कृष्ट खेलाडी छनोट भएका हुन्।
१७ वर्षे स्पेनिस खेलाडी फातीले बार्सिलोनाबाट २ गोल गरिसकेका छन् भने एक गाेल अन्तर्राष्ट्रिय खेलमा गरेका छन्। जसमा भिल्लारियलविरुद्ध २ गोल छ। त्यस्तै उनले सेल्टा भिगोविरुद्ध पहिलो गोल गरेका थिए।
बार्सिलोनामा यो सिजनमा १ भन्दा बढी गोल गर्ने फाती एक्लो हुन्। कप्तान लिओनल मेसी, सर्जियो रोबेर्टो, फिलिपे काउटिन्होको नाममा समान १/१ गोल छ।
फातीले सेल्टाका इगो आसपास, बार्सिलेनाबाट एट्लेटिको म्याड्रिड पुगेका लुइस सुआरेज, रियल बेटिसका सर्जिइो कानालेस, लेभान्तेका जोसे लुइस मोरोलस, रियल सोसिडाडका मिकेल मारिनो र ग्रानाडाका लुइस मिलालाई पछि पारेका थिए।
फातीसँगै आसपास, मोरोलस, म्याक्सी गोमेज, पाको अल्सेसन र गेरार्ड मोरेनोले पनि जारी सिजनमा ३ गोल गरेका छन्।
मेसी वा सुआरेज र नेयमार बाहेक सन् २०१५ यता प्लेयर अफ दी मन्थ चुनिएमा फाती पहिलो बार्सिलोना खेलाडी हुन्। अक्टुबरमा पनि फातीले सो अवार्ड जिते एक भन्दा बढी पटक प्लेयर अफ दी मन्थ बन्नेमा फाती ला लिगाका १२ औं खेलाडी बन्नेछन्।
अहिलेसम्म मेसीले सर्वाधिक ७ पटक, बार्सिलोनाकै एन्टोनी ग्रिजमनले ६, सुआरेजले ४ र क्रिस्टियानो रोनाल्डो र आसपासले ३ पटक जितेका थिए। अरिट्ज अडुरिज, करिम बेन्जेमा, डिएगो गोडिन, कोके, नोलिटो र कार्लोस भेलाले समान समान २/२ पटक उक्त अवार्ड जिएका छन्।