गोरखाको एउटा वडामा दसैंमा घर आउनेले सात दिन क्वारेन्टिन बस्नुपर्ने

कोरोना
तस्बिरः एजेन्सी

गोरखाको गण्डकी गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै दसैं तिहारमा गाउँ आउनेका लागि कडा नियम लागू गरेको छ।

दसैंका लागि आउनेहरू असोज ३० भित्र गाउँ आइसक्नुपर्ने र एक साता होम क्वारेन्टिन बस्नुपर्ने गरी गाउँपालिकाको वडा नम्बर ४ फुजेलले यस्तो नियम लगाएको हो।

विदेशबाट आउनेहरूले अनिवार्य रूपमा पिसिआर रिपोर्ट देखाउनुपर्ने पनि वडाको नियम छ। वडाले पिङ हाल्न, जुवातास खेल्न पनि रोकेको छ।

यस्तै चाडपर्व विशेष किनमेल असोज ३० भित्र सक्न पनि वडाले आग्रह गरेको हो।

वडाले सर्वदलीय बैठक गरी यस्तो नियम लगाएको हो। वडाको यस्तो नियमलाई लिएर विरोध पनि भइरहेको छ। 

वडा सचिव कमल खनालले आइतबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको भन्दै सूचना निकालेका छन्

प्रकाशित मिति: : 2020-10-12 15:42:00

प्रतिकृया दिनुहोस्