बेल्जियमको टिम छाडेर सिटी फर्किए ब्रूयना

बेल्जियमको टोली आइसल्याण्डसँगको खेलका लागि तयार हुँदै छ।

पूर्व तालिका अनुसार नेसन्स लिग अन्तर्गत बेल्जियमले बुधबार आइसल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।

तर, टाेलिका महत्वपूर्ण सदस्य केविन डी ब्रुयना बाहिरिएका छन्। 

खेलका लागि फिट नभएकाले उनी टोलीबाट बाहिरिएकाे बेल्जियम राष्ट्रिय फुटबल टाेलिले जनाएकाे छ।

उनी टाेलिबाट बाहिर भएपछि म्यानचेस्टर सिटी फर्किएका छन्।

ब्रूयना गएको आइतबार इंग्ल्याण्डसँग २–१ ले पराजित हुँदा ७३ मिनेट खेलेका थिए।

बेल्जियमले समूह ए टू मा छ र उ शीर्ष स्थानको इंग्ल्याण्ड भन्दा एक अंकले पछि रहेको छ।

प्रकाशित मिति: : 2020-10-13 06:30:00

प्रतिकृया दिनुहोस्