मंगल ग्रह पृथ्वीको नजिक, ठूलो र चम्किलो देखिँदै

एजेन्सी

काठमाडौं
मंगल ग्रह
मंगलबार मंगल ग्रह पृथ्वीको नजिक, ठूलो र चम्किलो

मंगलबार मंगल ग्रह पृथ्वीको नजिक, ठूलो र चम्किलो देखिँदै छ ।

नासाका अनुसार १३ अक्टूबर अर्थात् आज मंगलबार दुर्लभ खगोलीय घटना हो, जहाँ मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा देखिनेछ ।

खगोलशास्को भाषामा मंगल ग्रहको अपोजिसन अर्थात् आमने सामने भनिन्छ । यस्तो घटना प्रत्येक दुई वर्ष (२६ महिना)मा हुन्छ । यसपछि डिसेम्बर २०२२ मा पुनः दोहोरिने बीबीसीले जनाएको छ ।

मंगल ग्रह सौर्यमण्डलको दोस्रो सबैभन्दा सानो ग्रह हो । मंगल ग्रहलाई रातो ग्रह पनि भनिन्छ।

पृथ्वी र मंगल ग्रहबीचको दूरीमा यस्तो परिवर्तन अन्डाकार कक्षका कारण हुने गर्छ। अन्य ग्रहका गुरुत्वाकर्षणका कारण परिक्रमा कक्षमा यस्ता परिवर्तन भइरहन्छन्।

प्रकाशित मिति: : 2020-10-13 10:26:00

प्रतिकृया दिनुहोस्