सौन्दर्य गुमाउँदै खप्तड थप सामग्री

मुकेश पोखरेल

काठमाडाैं

सुदूरपश्चिमको मनोरम पर्यटकीय गन्तव्य खप्तडको पुरानो स्वरूप अहिले देख्न पाइँदैन, गाईबस्तुको अनियन्त्रित चरिचरन र मिचाहा प्रजातिका वनस्पतिको कारण यहाँको सौन्दर्य हराउँदै गएको छ। 

अछामको साँफेबगर नगरपालिका–१२ का धनबहादुर बोहरा (५९) ले खप्तडका पाटनमा जुत्ता खियाउन थालेको साढे चार दशक भयो। १५ वर्षको उमेरदेखि गाई–भैंसी चराउन खप्तड उक्लिने गरेका उनी पाँच वर्षयता भने यहाँको रमणीय दृश्यमा रमाउन आउने पर्यटकको भरिया बनेर आउजाउ गर्छन्।

पछिल्लो चार दशकमा बोहराले खप्तडमा धेरै परिवर्तन देखेका छन्। “पहिला त जताततै निगालै निगालो थियो, यहाँ छिर्नै गाह्रो पथ्र्यो। समयसँगै सबै मरेर सक्कियो”, बोहरा सम्झन्छन्। उनका अनुसार, फूल र फल लागेर निगालो मासिएको हो।


खप्तडमा पहिले गाईबस्तु चर्ने मस्तको घाँस पाइने गरेकोमा अहिले भने यहाँका पाटनमा मिचाहा प्रजातिका वनस्पति आएको बोहरा बताउँछन्। उनको अनुभवमा खप्तडलाई निकुञ्ज घोषणा गरेर ठाउँठाउँमा बाटो बनाएपछि यहाँको सौन्दर्य नाशिन थालेको हो।

प्रकाशित मिति: : 2020-10-14 10:43:00

प्रतिकृया दिनुहोस्