नेसन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा इंग्ल्याण्डमाथि डेनमार्कले जित हात पारेको छ।
घरेलु मैदानमा भएको निकै नै चर्काचर्की खेलमा डेनमार्कले १– ० को जित हात पारेको हो।
इंग्ल्याण्ड पहिलो हाफमा १० तथा खेलको अन्तिम केही मिनेट ९ खेलाडीमा सीमित भयो। नेसन्स लिगमा पहिलो पटक इंग्ल्याण्डका दुई खेलाडीले एकै खेलमा रातो कार्ड पाएका हुन्।
खेलको ३१औँ मिनेटमा ह्यारी मागुइरी दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए।
त्यसलगत्तै पाएको पेनाल्टीमा क्रिष्टियन एरिक्सनले गोल गरे। उनले राष्ट्रिय टिमबाट १००औँ खेलमा ३४ औँ गोल गरेका हुन्।
इन्जुरी समयको चौथो मिनेटमा रीस जेम्स सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए।
रेफ्रीसँगको विवादका कारण उनले रातोकार्ड पाएका हुन्। त्यसपछि इंग्ल्याण्ड ९ खेलाडीमा सिमित भयो।
जितपछि समूह ए टू मा रहेको डेनमार्कको चार खेलबाट सात अंक भएको छ र दोस्रो स्थानमा छ। सात अंक नै भएको इंग्ल्याण्ड तेस्रो स्थानमा छ।