भोगाइहरूको लस्कर 

तस्बिरः बिएल
तस्बिरः बिएल

विगतमा म सँग केही पात्रहरु भेट्न आएका थिए। ती यस्ता पात्रहरु थिए, जसका भोगाई सुने पछि म हैरानहैरान भएको थिए। र मैले चाहेर पनि ती पात्रहरु र तिनका भोगाईहरु जीवनभर भुल्न सकेन। सुरुमा मलाई पत्याउनै सकस भएको थियो। सरासर काल्पनिक हुन वा बनिबनाइएका हुन वा मलाई गफ दिइएका हुन। यस्तै यस्तै लागेको थियो तर नपताई धर नै थिएन!  किनकि ती भोगाइहरु तिनीहरुले भोगेर आएका थिए। ती जसरी भनिरहेका थिए, ती जसरी गम्भीर देखिएका थिए, ती जसरी विगतमा भयानक दुःखका पहाड थेगेर आएका देखिन्थे। तिनीहरुले सुनाएका भोगाइहरु कतैबाट पनि अवास्तविक लाग्थेनन्। नपत्ताई हाल्नु पर्ने लाग्थेनन्। तिनिहरुले सुनाएका भोगाइहरु हरहालतमा वास्तवीक नै लाग्थे। अनि फेरि मैले आजसम्म सुनेन, देखेन र भोगेन के यसको मतलब ती भोगाइहरु अवास्तवीक हुन भन्न मिल्छ? के भोगाईहरु अवास्तवीक हुन्छन्? के भोगाइहरु अवास्तवीक हुन? 

ती सबै पात्रहरु अहिले मेरो सम्पर्कमा छैनन्। तर उनीहरुले भोगेको त्यो विभत्स क्षण, आहात समय, मुर्छित अवस्था भने मेरो मानसपटलमा, मनमा, मुटुमा, आखाँमा करिव करिव कैद छन्। उनीहरुका भोगाइले मलाई यति किन पिरोल्छन्? किन मलाई यो हदसम्म चस्काइरहन्छन्? बारम्बार किन झस्काइरहन्छन्? उफ! सताईरहन्छन्, हैरान पारिरहन्छन्, निमोठिरहन्छन्। न ति भोगाई मेरा आफ्ना हुन वा मैले विगतको कुनै कहालीलाग्दो क्षणमा भोगेको थिए। न त वर्तमान मै भोगीरहेको छु। अब भविष्यको कुरा समय जानोस!

ती भोगाई खुद भोग्ने पात्रले कहदा उत्तम हुनेथियो भनि तपाई कामना गरिरहनु भएको छ। तपाई ठिक कामना गरिरहनु भएको छ। तपाईको कामनालाई सुनुवाई गरिन्छ। र तुरुन्त पुरा गर्ने तर्फ लागिन्छ। 

अनि यता सुन्नुहोस् त, यो गोप्य कुरा हो है। म एकएक गरि ती पात्रहरुलाई आफ्नो मानसपटलबाट, मनबाट, मुटुबाट, आखाँबाट बोलाउछु। स्वागत गर्न तपाई आउनु होला। स्वागतको नाममा माला, अबिर र दोसल्लाह केही पनि नल्याइकन आउनु होला। बस गम्भीर अनुहार लगाएर आउनु होला। त्यसपछि म कथा कहन लगाउछु। कथा कहिसकेपछि तपाई उनीहरुलाई केही प्रतिक्रिया नदिनु होला। प्रतिक्रिया मलाई दिनुहोला। किनभने उनीहरु कसैको प्रतिक्रिया लिन रुचाउदैनन्। बरु बिदाइृको बन्दोबस्त गरिदिनु होला। पठाउन चै म पठाउछु। किनभने म बिना न ती आउछन्, न भोगाई कहन्छन्फ न ती जान्छन्। त्यसैले हुन्छ? हुन्छ।  अनि अर्कोे कुरा। बीचमा एक चुईक पनि हल्ला नगर्नु होला। नत्र तिनले कहन बन्द गर्नेछन्। त्यसैले हुन्छ ? हुन्छ।

पेस छ पहिलो पात्र: आरुषी राई
मेरो बुबा पैसा कमाउन भनेर विदेश जानु भएको थियो। आउदा अर्की श्श्रीमती ल्याएर आउनु भयो। हामीलाई अलिकति पैसा दिएर उहाँहरु आफ्नो जिन्दगी तिर लाग्नु भयो। ठिक छ उहाँहरु लाग्नु भयो तर हामी कसरी आफ्नो जिन्दिगी तिर लाग्ने? हामी पूर्ण रुपमा अन्यौलामा थियौं। हामी पूर्ण रुपमा एक्लिएका थियौं। निम्छरा, असाहय यस्तो शब्दहरुको परिभाषा भित्र पर्न सक्षम थियौं। अ के गरेर बाँच्ने? के गरेर हामी पालीने? वा के गरेर आमाले हामीलाई पाल्ने? अनि आमाले के गर्ने? के सम्म गर्ने? के सम्म नगर्ने? हाम्रो पढाई निरन्तरता हुने कि छुटने? मुख्य कुरा हामी कहाँ बस्ने? घरबाट निकालीएका थियौं। आफन्तहरु खासै थिएनन्। भएका सँग राम्रो सम्बन्ध र सम्पर्क थिएन। ठूलो आस मामाघरको हुनसक्थ्याे। तर मामाघर सँग त झन् हाम्रो सम्पर्क थिएन। सम्बन्ध त थिदै थिएन। बाहुन्नी आमा भागेर राई जातका बुबासँग हिडेपछि मामाघरले आमाको मृत्यु घोषणा गरेको थियो। पछि भाई र म जन्मियौं। हामी त झन् मामाघरको निम्ति जन्मिदै मरेर जन्मिएका थियौं। अहिले यस्तो हाल छ। यस्तो हालमा उनीहरुको सरणमा गयौं भने झन् के सम्म गर्छन् होला? 

साँच्ची कहाँ गएर हामी बस्ने? 

यत्ति मात्र थाँहा थियो कि हामी कसैको घरमा बस्छौं। हामी पढदै छौं। हामीले भनेको, चाहेको जसोतसो पाएकै छौं। पुरा भएकै छ। तर कसरी ती सब कुराहरु व्यवस्थित भैरहेका थिए? यस बारेमा हामी बेखबर थियौं। आमालाई सोध्न सकिरहेका थिएनौं। हामी सोधेर उँहालाई झन् आहात पार्न चाहन्नथ्यौं। मर्माहात पार्न चाहन्न थियौं। 

यस्तै एकदिन अपहरान्न प्रहरीको एउटा सानो टोली हाम्रो डेरामा आयो। र आमालाई लगरेर गयो। आमा जानु भयो। यतिखेरै घाम पनि गयो। आमा जानु र घाम जानु के संयोग मात्र थियो? वा नियोजित?

जुन रुपले आमालाई लगिएको थियो। मलाई अझै पनि सम्झिदा निकै घत लाग्छ। हातलाई पछाडि लगेर हतकडिले बाँधिएको थियो। मुख छोपिएको थियो। रुखो स्वरमा केही भन्दै, आक्रोश पोख्दै अन्त्यमा घिच्चाउदै लगिएको थियो। यो सब टुलुटुलु हेरिरहेको भाई रुदैरुदै मेरो आङ्गमा लुसुक्क टालीयो। यो सब दृश्य टुलुटुलु हेरिरहेको म चै कसकोमा टालियौ लुसुक्क?

हामी रातभर जागराम बस्यौं। आमा अब आउनु हुन्छु। अब त पक्का आउनु हुन्छ भन्दै। हामीलाई यो पनि थाहा थिएन कि आमालाई त्यसरी कहाँ लगीएको हो? उहाँ फर्किनु हुन्छ वा हुँदैन? अनि हाम्रो हालत के हुन्छ उहाँ नफर्किए? अहो, उहाँ नफर्किए के हुन्छ हाम्रो हालत? बिहान भयो। घाम आयो। त्यसपछिका दिनहरुमा पनि घाम आइरहयो। गैरहयो। तर आमा गएपछि आउदै आउनु भएन। घाम आइरहनु, गैरहनु तर आमा गएपछि आउदै नआउनु। के यो नियोजीत हो? वा मात्र संयोग? 

जाने मान्छेहरु जान्छन्। ठिक छ जान्छन्। कहीँ त पक्कै जान्छन्। कहीँ जानु पनि पर्छ। सेकेण्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना, वर्ष, दुई वर्ष, पाच वर्ष। तर ती आउनु पर्छ कि पर्दैन? हो आउनु पर्छ। आमा आउनु पर्छ कि पर्दैन? हो आउनु पर्छ। अँ आमा सिधै करिब चार वर्ष पछि आउनु भयो। यत्रो चार वर्ष सम्म तपाई कहाँ हुनुहुन्थ्यो? किन लगेका हुन तिनीहरुले त्यसरी? त्यस्तो के गलत काम गर्नु भएको थियो? हामीलाई एक्लै छोडेर किन जानु भएको? जाँदा एक शब्द पनि नभनिकन किन जानु भएको? के हामीलाई भन्नु पर्ने एक शब्द पनि थिएन? जरुरी थिएन वा लागेन? जाँदा किन एकपल्ट पनि हामीलाई नहेरी जानु भएको? के हेर्नु पर्ने एक मायालु हेराई थिएन? मायलु हेराई नभए, घृणालु हेराई थिएन? हामीलाई हेर्ने वा हामीलाई हेर्नलाई जाबो एक हेराई थिएन है? है एक हेराई थिएन? अनि हाम्रो हाल के होला? हामी के गरौंला? हामी मरौला? हामी बाँचौला? आमा साँच्चै हेक्का थियो, हामी बाचौला? न भाईले सोध्यो न मैले सोधे। न भाईले गएर अङ्गालो हाल्यो न मैले न आमाले आएर हामीलाई हाल्नु भयो। न भाई रोयो न म न आमा नै। न आमा हास्नु भयो न भाई हास्यो न म नै हासे। आजसम्म के कसरी बाँचिरहेका थियौं? यँहा सम्म के कसरी बाचेर आयौं? न भाइले केही भन्यो न मैले। न उहाँले नै भन्नुभयो यो यो कारणले म यहाँ गएको थिए। आदि आदि। किनकि हामीलाई सबै थाहा भइसकेको थियो। ती सब कुराहरुको कसरी व्यवस्थित भइरहेको थियो? अनि आमा के काम गर्नु हुन्थ्यो? हो, उहाँ ड्रक्सको ओसार पोसार गर्ने काम गर्नु हुन्थ्यो। यस्तैमा उहाँ जेल पर्नु भयो। 

आमा बेगर हामीले करिव चार वर्ष गुजारेका थियौं। हो चार वर्ष। चार वर्ष थोरै समय पक्का होइन। अझ हामी दुईका निम्ति त त्यो धेरै नै लामो समय थियो। चार वर्षसम्म त्यो डेराको घरमा हामी कसरी बसिरहेका थियौं? के खाइरहेका थियौं? के हामी स्कुल गइरहेका थियौं? के हामी डेराको भाडा तिरिरहेका थियौं? अ साँच्चै चार वर्षसम्म त्यो डेराको घरमा हामी बाँचि नै रहेका थियौं? हो हामी बाचि नै रहेका थियौं। कसरी? यी यसरी।  म त्यै घरमा नोक्कर भएकि थिए। डेरा नि:शुल्क हुनेगरि। खान लाउन र स्कुल जान पाउने गरी। तर यति मात्र भैदिए कति राम्रो हुने थियो। अफसोच त्यस्तो भएन। उसोभए के भयो?

बिस्तारै बिस्तारै म सुत्नु पर्ने भयो घरबेटि अन्कल सँग। चाडै चाडै घर बेटि अन्कल म सँग सुत्नु पर्ने भयो। उफ त्यो पनि घरबेटि अन्टिकै सर सल्लाहमा। हाेइन होइन मुख्य त मेरी आफ्नै आमाको मञ्जुरीमा। त्यो पनि जेलबाट छिटै निकाल्ने सर्तमा। र त्यो त्यै घरबेटि अन्कल थियो जसले आमालाई ड्रग्सको धन्दामा लगाएको थियो। आफ्नै घरमा डेरा दिएको थियो। 

आमाको जवानी पनि भरपुर मात्रामा लुटेको रहेछ, यो पछि मेरो जवानी लुटेपछि थाँहा भयो। विरोधाभाष हेनुर्न, उसैले षडयन्त्र गरेर आमालाई जेल पठायो। अनि जेलबाट निकाली दिने र निकाले वापत मेरो जवानी उसैलाई सुम्पि दिनु पर्ने उसैले सर्त राख्यो। आमालाई जताततैबाट मजबुर बनायो। 

र अर्को कुरा, हाम्रो बाँकी जीवनको निम्ति आमा जेल बाट निक्लिनै पथ्र्यो। हाम्रो सुनौलो भविष्यको निम्ति वा हाम्रो मुक्तिको निम्ति आमा हरहालतमा, हर सर्तमा निक्लिनै पथ्र्यो। त्यसैले एउटी आमा, एउटी मजबुर र साह्रै निरीह आमा आफ्नो सबैभन्दा सुन्दर रचना, बहुमुल्य वस्तु छोरीलाई दाउमा वा सर्तमा लगाउन विवश भै। आमाको मन कति अटेरी? कति कठोर? कति अटोट? अटुट?

एउटी मजबुर आमाले जे सुकै गर्न सक्नुपर्छ। प्रतिकुलतालाई अनुकुलतामा बदल्न सक्नु पर्दछ। एउटी आमाले आफ्नो सन्तानलाई जस्तोसुकै दलदल बाट, जुनसुकै बन्धनबाट, परिधिबाट निकाल्नु पर्छ। निकाल्नै पर्ने हुन्छ। जुन मेरी आमाले गरिन। के म गलत भनिरहेकि छु?

पेस छ दोस्रो पात्र: देवेन्द्र खत्री
घरको नाममा ढुङ्गाको थोत्रो घर थियो। उक्त घर गाँउको टुप्पोमा थियो। गाँउ देखि थोत्रो घरको बीचमा घना जङ्गल थियो। त्यो घरमा हामी दुई बुढा बुढी बस्ने गथ्र्यौं। सन्तान वा सहयोगीको नाममा कोही पनि थिएनन्। उमेर ढल्किसकेको थियो हाम्रो। अझ म बिरामी थिए। बिरामले थला परेको निकै भइसकेको थियो। सामान्य उठबस वा सामन्य काम पनि नगर्न नसक्ने स्थितिमा म पुगी सकेको थिए। बिस्तारै बिस्तारै मेरो आवाज पनि दब्दै जान थालेको थियो।

मेरो स्यारसुसार, घरायसी काम देखी लिएर बारीको सम्पुर्ण काम बुढीले नै गर्थी। सबैभन्दा झन्झट त्यै बारीको काम हुने गथ्र्यो। मान्छे बोलाएर बारीमा अन्न लगाउ, कटाउ, थन्काउ। यस्तै घास काट्न झन्झट हुने भएर पोहोर साल बचेको त्यै एउटै भैंसी पनि बेचेका थियौं। त्यहिभएर बारी बेच्ने बारेमा नसोचेको पनि होइनौं। धेरै पटक सोचिसकेका थियौं। तर यत्रो बारी बेच्नु कसरी? जिन्दगीभरको कमाई, मेहेनत र बाउबराजु देखिको चिनो भन्नु यै थियो। अब यसैलाई नै सदाको लागि बेचिदिन मनले रत्ति पनि मान्दैन थियो। यसलाई कमाउने सन्तान कोही नभए पनि आफू नमरुन्जेल बेच्न मन लाग्दो रहेनछ। त्यसपछि देखि सक्ने जति बारी लगाउदै आउने। नसक्ने बाजै छोड्ने निधो गर्यौं।

एक हिसाबले उसले नै मलाई र आफूलाई त्यस एकान्त टुप्पोको थोत्रो घरमा जबर्जस्ति बचाएर राखेकि थी। तर अर्को हिसाबले सहयोगी भने चाहिएको थियो। किनभने केही दिन यता बुढी पनि सिथिल हुदै गैरहेकि थि। आखीर बुढी मान्छे कति दिनसम्म पो चुस्त भइराख्न सक्छे?

एक बिहान डाडा घरको माईलो खबर पाएर हामीलाई भेट्न आएको थियो। माईलो सँग एक जना ठिटो थियो। उसलाई देखाउदै माईलोले भन्यो, “धौ धौ भेटे यसलाई। पारि गाँउ गएर। अब यसले सबै काम गर्छ। पिर लिन पर्दैन काका काकि।” हामीलाई पनि केही राहात महशुश भयो। 

सहयोगी केटो ईमान्दार थियो, हामीले खोजेको, चाहेको जस्तो। भकाभक काम गथ्र्यो। हाम्रो ख्याल राख्थ्यो। भनेको टेथ्र्यो। बुढी निकै खुसी पनि थि। यसरी नै महिना दिन बित्दै गए। तर बडो खेदका साथ भन्नु पर्ने हुन्छ कि केही महिना दिन मात्र यसरी बित्न पाए। त्यसपछिका महिना दिनहरु बित्न त बिते तर त्यसरी बित्न पाएनने। वा बितेनन्।

एक साझँ। भान्सा गरिसकेर भान्साकै छेउमा ओच्छयान लगाई पल्टि रहेको बेला मलाई टडकारो याद छ बुढिले चिन्तित हुदै भनेकि थि “कास हाम्रो सन्तान भैदिए कति राम्रो हुने थियो। यसरी पिरमा हामी मर्नु पर्ने थिएन। यत्रो जग्गा छ। मेलापात छन्। अलिकति भएपनि वा मेरो कानमा, नाकमा सुन छ। यी सबको अब के गर्नु? कसलाई दिएर वा कसलाई जिम्मामा लगाएर मर्नु?” एकछिन रोकि। शान्त भै। अनि पुन: भनि “यस सहयोगी न केटाको पनि कोही रहेनछन्। बिचरो टुहुरो हामी जिउदो रहुन्जेल हामीलाई कुरी बस्ला। हामी मरे पछि के गर्ला? कहाँ जाला? मलाई त यसको चिन्ता पो लाग्न थालेको छ। आफ्नो सन्तान नभए पनि सन्तान बराबर माया पो लाग्न थालेको छ। कि यसैलाई नै जिम्मा लगाई दिने हो? केटो इमान्दार छ। मेहेनति छ। काम जानेको छ। बाठो पनि छ। कि यसैलाई जिम्मा लगाई दिने यो यी सब?”  मैले मौन सहमति दिएपछि ऊ केही खुसि भई। हामी भुसुक्कै निदायौ। तर अचानक राती कोही आएर घाटी निमोठि रहेको र कोही छटपटाई रहेको जस्तो तन्द्रालु आभाष भयो। म ब्युझिए। नभन्दै बुढीलाई कसैले च्यापि रहेको थियो। ऊ बोल्न सकि रहेकि थिइन। यता अत्यासिएर, हत्तारिएर, छटपटिएर मेरो दम बढि सकेको थियो। कराउछु भन्दा आवाज एकाएक भाषी गयो। हरे जति चिचाउन खोज्दा पनि चिचाउनै सकेन।

यता बुढीले उसलाई हुत्याउन सकि। ऊ पछारीयो। तर ऊ तुरुन्त उठेर आइहाल्यो। बुढीको कपाल समात्यो। र घिच्याउदै बाहीर ओटालोमा लग्यो। म हेरि नै रहेको थियो। न म उठ्न सक्थे न कराउन सक्थे। यो हालतमा हेर्नु शिवाय तपाई मबाट के नै अपेक्षा गर्नु हुन्छ र?

अ उसले ठूलो आसी निकाल्यो। एकै मारमा छयाक्कै घाटी छिन्टाई हाल्यो। यसलाई यसरी भन्यौ, एकै मारमा छयाक्कै मेरो बुढीलाई दुई भाग बनाई दियो। म बस हेरिरहे। हतार हतार उसले कानको सुन निकाल्यो। नाकको सुन निकाल्यो। आसी कतै मिल्काई दियो। आकाशमा जुन लागीरहेको थियो। यो सब दृश्य मज्जैले देखिन्थ्यो। अथारा गयो। झोला ल्यायाे। भिर्यो। जानै लाग्दा मैले उसको अनुहार देखे। तर निकै मधुरो। त्यसैले ठम्याउन सकेन। म बेहोस भए। 

भोली बिहान मलाई होसमा ल्याइयो। म होसमा आउदा सारा गाँउ जम्मा भइसकेको थियो। प्रहरीको टोली पनि आइसकेको थियो। म ओटालोको दृश्य हेरिरहेको थिए। बुढीको शरीर एक ठाँउमा थियो। टाउको एक ठाँउमा थियो। मलाई अलिअलि होस् आउदै थियो। राति जानै लाग्दा देखीएको उक्त अनुहार पक्का सहयोगी केटाको हो। किनकि यदि ऊ नभए अरु किन अथारा जान्थे र? तर अचम्म कस्तो, सहयोगी केटा त्यै ओटालाको दृश्य र्हेदै टोलाई रहेको थियो। कोही उसलाई संका गरिरहेका थिएनन्। उसलाई च्याप्प समातेर त्यसरी नै त्यै आसीले उसको टाउको छिन्टाई हालेका थिएनन्। पुन: हिजोको दृश्य सम्झिन्छु। तर यै सहयोगी केटो नै हो जस्तो लाग्छ। पुन: हिजोको दृश्य सम्झिन्छु।  फेरि त्यै सहयोगि केटो हो भन्ने निक्र्यौल निकाल्छु तर आखै अगाडि ऊ छ। ऊ आफूले केही नगरे झैं गरिरहेछ। सारा गाँउलेहरु, प्रहरीहरु कोही पनि उस माथी कुनै शंका गरिरहेका छैनन्। 

यतिकैमा बयान लिने क्रममा प्रहरीले उक्त केटाको पनि बयान लिन लाग्छ:
प्रहरी: हिजो राति त कँहा थिईस्?
सहयोगी केटो: यहाँको सम्पूर्ण काम सकेर काका काकीलाई भोली बिहान सबेरै आउछु भनेर म आफ्नो गाँउ गएको थिए।
हत्तेरीका हो त नि ऊ हिजो आफ्नो गाँउ गएको थियो। त्यसोभए त्यो को हो राति अथारा गएको? त्यो को हो जादा जादै देखिएको? 

हतारिदै कोही आएको हुनुपर्छ। किनकि ऊ स्यास्या गर्दै थियो। उसले एकै सासमा भन्यो, “बिहानै देखि माइलो खत्री गाँउमा, घरमा कतै छैन। ऊ हिजै राती भागेर गैसक्यो।”

 

प्रकाशित मिति: : 2020-10-17 08:40:00

प्रतिकृया दिनुहोस्