क्रिस्टल र ब्राइटन बराबरीमा राेकिए

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा क्रिस्टल प्यालेस र ब्राइटनले बराबरी खेल्दै अंक बाडेका छन्।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा क्रिस्टलले १-१ गोलको बराबरीमा चित्त बुझाउनु परेको हो।

१९ औं मिनेटमा विलफ्रेड जाहाले पेनाल्टीमा गोल गर्दै क्रिस्टललाई १-० को अग्रता दिलाए।

ब्राइटनका खेलाडीले मिची बात्सुयाईलाई पेनाल्टी क्षेत्रमा लडाएपछि क्रिस्टलले पेनाल्टी पाएको थियो।

तर, क्रिस्टलले ९० औं मिनेटमा गाेल खायाे। एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै ब्राइटनलाई हारबाट जोगाए।

यता इन्जुरी समयमा लेविस डंकले रातो कार्ड पाएपछि ब्राइटन १० खेलाडीमा समेटिएको थियो।

बराबरीसँगै क्रिस्टलले ५ खेलमा ७ अंक जोडेको छ। क्रिस्टल तालिकाको १२ औं स्थानमा रहेको छ।

ब्राइटन ४ अंक जोडेर तालिकाको १६ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-10-19 06:30:00

प्रतिकृया दिनुहोस्