प्रदेशमा सरकार फेर्न पार्टीमा दबाब, अध्यक्षसामु मुख्यमन्त्रीको चुक्ली !

लोकान्तर

काठमाडाैं

विगतमा प्रतिपक्षीले सरकार परिवर्तनको आवाज उठाउने भएको भए पनि २ नम्बर प्रदेशमा सत्ता पक्षका अधिकांश सांसदले नै सरकार परिवर्तनको आवाज उठाएपछि प्रदेश सरकार धरापमा परेको छ ।

पार्टी एकता समायोजनको प्रक्रिया टुंगिएलगत्तै प्रदेशमा प्रदेशसभा दलको नेताको चयन भएर सरकार परिवर्तन हुनेबारे जनता समाजवादी पार्टी (जसपा) भित्र चर्चा शुरू भएको छ ।

गत असोज २९ गते २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निवासमा पहिलो पटक अनौपचारिक रूपमा जसपाको प्रदेशसभा दलको बैठक बसेको थियो । केन्द्रमा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) मिलेर जसपा गठन भए पनि प्रदेशमा दुवै दलको औपचारिक एकीकरण भएको छैन । औपचारिक नभएपनि दुवै पार्टीका सांसदको संयुक्त रूपमा अनौपचारिक बैठक बसेको थियो ।

जसपा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितमा बसेको बैठकमा अधिकांश सांसदले प्रदेश सरकारको आलोचना गर्दै सरकार परिवर्तनको माग राखेका थिए । अध्यक्ष यादवसामु मुख्यमन्त्री राउतसहित मन्त्रीहरूको चुक्ली गरिएको छ ।

प्रकाशित मिति: : 2020-10-19 16:44:00

प्रतिकृया दिनुहोस्