बारामा गोली चल्याे, एकजना घाइते

बारामा गोली चलेकाे छ।

भारतसँग सीमा जोडिएको बंकुर नाकामा  प्रहरीले गाेलिचलाएकाे हाे।

भारतबाट नेपाल प्रवेश गर्न लागेका एकजना व्यक्तिलाई सोधपुछ गर्दा पेस्तोल देखाएपछि प्रहरीले गोली चलाएकाे हाे।

प्रहरीको गोली लागेर व्रिजकिशोर कुसवाह घाइते भएका छन्। उनको पाखुरामा गोली लागेको छ। 

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनापछि कुशवाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: : 2020-10-21 16:32:00

प्रतिकृया दिनुहोस्