युरोपा लिगमा मिलानकाे विजयी शुरुवात

इटालियन क्लब एसी मिलानले युइएफए युरोपा लिगमा विजयी शुरुवात गरेको छ। 

सेल्टिक पार्क ग्लास्कोमा बिहीबार राति भएको खेलमा मिलानले स्कटिस क्लब सेल्टिकलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको हो।

मिलानको जितमा राडे क्रुनिक, ब्राहिम डियाज र जेन्स पिटर हगले गोल गर्दा सेल्टिकका मोहम्मेद इलयोनोउसीले गरेको गोल सान्वना बन्यो।

खेलको १औँ मिनेटमा राडे क्रुनिकले गोल गर्दै मिलानलाई अघि बढाएका थिए। 

४२औँ मिनेटमा ब्राहिम डियाजले गोल गरेपछि मिलानले पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको थियो।

७६औँ मिनेटमा घरेलु टोलीका मोहम्मेद इलयोनोउसीले गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए। 

तर, अन्तिम समयमा जेन्स पिटरले गोल गर्दै मिलानलाई ३–१ को जित दिलाए।

प्रकाशित मिति: : 2020-10-23 06:31:00

प्रतिकृया दिनुहोस्