साल्केविरुद्ध डर्टमण्डकाे सहज जित

जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ।

घरेलु मैदानमा भएको खेलमा डर्टमण्डले साल्केलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

डर्टमण्डले तीनै गोल  दोस्रो हाफमा गरेको थियो।

५५औँ मिनेटमा मानुएल आकान्जीले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए।

६१औँ मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दा डर्टमण्डको अग्रता २-० मा पुर्‍याए।

७८औँ मिनेटमा माट हुमेल्सले गोल गर्दै टोलीकै ३-० को सहज जित दिलाए।

जितसँगै डर्टमण्डले ५ खेलमा १२ अंक जोडेको छ। डर्टमण्ड तेस्रो स्थानमा रहेको छ।

पराजित साल्के ५ खेलमा १ अंक जोडेर पुछारबाट दोस्रोमा छ।

प्रकाशित मिति: : 2020-10-25 06:34:00

प्रतिकृया दिनुहोस्