अफगानिस्तानमा आत्मघाती बम बिस्फोट, कम्तीमा १८ विद्यार्थीकाे मृत्यु

अफगानिस्तानको राजधानी काबुल आत्मघाती बम बिस्फोट हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ।

उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि विभिन्न विषयको अध्यापन गराउने नीति शैक्षिक संस्थामा बिस्फोट हुँदा उनीहरुकाे ज्यान गएकाे हाे। 

एजुकेशन सेन्टर शनिबार अबेर अपराहन्न बिस्फोट भएको हो। सो बिस्फोटमा दर्जनौँ मानिस घाइते भएको बताइन्छ।

शिया मुसलमानको बाहुल्यता रहेको दास्त ए बार्चीमा रहेको एजुकेशन सेन्टरमा सयौँ विद्यार्थी पढ्ने गरेका थिए।

घटनामा घाइते भएकाहरुलाई स्थानीय अस्पताल लगिएको छ। घाइते मध्ये केही गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानिय अधिकारीहरुले जनाएका छन्।

बिस्फोटकाे जिम्मा इस्लामिक स्टेट (आइएस) ले लिएको छ।

प्रकाशित मिति: : 2020-10-25 07:30:00

प्रतिकृया दिनुहोस्