भारतीय गुप्तचरको रिपोर्ट- चीनले नेपालको सात जिल्लामा जमिन हत्यायाे

भारतको गुप्तचर संस्थाले केन्द्र सरकारलाई चीनसँग सीमा जोडिएका नेपालका सात जिल्लामा सीमा अतिक्रमण भएको रिपोर्ट प्रस्तुत गरेको छ।

भारतीय मिडियाले गुप्तचर एजेन्सीको हवाला दिँदै नेपालको दोलखा, गोरखा, दारचुला, हुम्ला, सिन्धुपाल्चोक, रसुवा र संखुवासभामा सीमा अतिक्रमण भएको दाबी गरिएको छ। 

भारतीय मिडियामा प्रकाशित समाचारमा गुप्तचर संस्थाले चीनले नेपालतर्फ १५ सय मिटरसम्म अन्तर्राष्ट्रिय सीमालाई बढाएको दाबी गरेका छन्। 

चीनले दाेलखामा केरेलाकाेसम्म पुग्ने नेपालकाे जमीन मिचेकाे र पिलर नम्बर ५७ मिचेकाे पनि जनाएइएकाे छ।

यता गोरखा जिल्लामा ३५, ३७ र ३८ नम्बर पिलरपनि मिचेकाे जनाइएकाे छ। सोलुखुम्बुमा पिलर नम्बर ६२ पनि मिचेकाे समाचारमा उल्लेख छ।

यस्तै गाेरखाकाे पिलर नम्बर ३५, ३७ र ३८  रुई र तेघामा पर्नेजनाइएकाे छ।याे गाउँ नेपालमै पर्ने समाचारमा उल्लेख छ।

यहाँका बासिन्दाहरूले नेपाल सरकारलाई कर तिर्ने गरेकाे पनि जनाएकाे छ। यसको बाबजुद चीनले २०१७ मा यस क्षेत्रलाई चीनको तिब्बत स्वायत्त क्षेत्रको हिस्सा घोषणा गरेको जनाइएकाे छ। 

धेरै घरहरू, जुन पहिले नेपालको हिस्सा थियो चीनले कब्जा गर्यो र आफ्नो हिस्सा घोषणा गरेकाे छ, समाचारमा भनिएकाे छ।

हालसालै नेपालको कृषि मन्त्रालयले एक प्रतिवेदन चीनले नेपालको ११ जिल्लामा ११ जमिन हत्याएकाे उल्लेख गरेकाे छ।

भारतीय एजेन्सीहरूले आफ्नो प्रतिवेदनमा भनेको २००५ देखि नेपालले चीनसँगको सीमा वार्तालाई वेवास्ता गर्दै आएको जनाएकाे छ। नेपाल सरकारले  आफ्नो भूमिमा दावी गर्न नचाहेकाे जनाइएकाे छ।

नेपालको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चीनसँस सीमाबारे वार्ता गर्न आनाकानी गरिरहेको रिपोर्टमा भनिएको छ।

उसले चिनियाँ कम्युनिस्ट पार्टीको बचाऊ गर्ने भएकाले स्थिति अझै बिग्रन सक्ने बताइएको छ।

मिडिया रिपोर्टमा नेपालको सर्भे डिपार्टमेन्टको रिपोर्टबारे पनि उल्लेख गरिएको जनाइएकाे छ। जसमा चीनले नेपालको जमिन हत्याएको कुरा उल्लेख गरिएको छ। 

नेपालका प्रधानमन्त्री ओलीले यस रिपोर्टलाई नजरअन्दाज गरेको पनि दाबी गरिएको समाचारमा उल्लेख छ। 

यद्यपि, कथितरुपमा गरिएको कृषि मन्त्रालयले जारी गरिएको भनिएको उक्त सर्वेक्षण फेक थियो भनेर यसअघि नै प्रमाणित भइसकेको छ।

यता रुई र तेघा गाउँ पनि नेपाल–चीनको सीमा मूल्याङ्कन गर्दा चीनलाई दिएको परराष्ट्रले जनाएको छ। रुई ६० वर्षदेखि नै चीनमा पर्दै आएको जनाएको छ।

२०१७ देखि चीनको स्वशासित क्षेत्र तिब्बतको अधीनमा छ। गोरखाको रुई भोटअन्तर्गत पर्ने रुई गाउँमा हाल ७२ घर छन्। 

२०१७ मा गएको नापी टोलीले साम्दो र रुईको बीचमा ३५ नम्बर पिलर राख्न तिब्बतसँग सहमति जनाएपछि नेपाली भूभाग उता पुगेको परराष्ट्रले जनाइसकेकाे छ।

सामागाउँ, साम्दो, रुई गाउँको भाषा, धर्म, भेषभूषा, संस्कृति उही छ। परस्पर नाता सम्बन्ध र कतिपय पूजा गर्ने ठाउँसमेत एउटै रहेको जनाइएको छ।

प्रकाशित मिति: : 2020-10-25 07:48:00

प्रतिकृया दिनुहोस्