साविक विजेता लिभरपुलको पुनरागमन जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएकाे खेलमा साविक विजेता लिभरपुल खेल पुनरागमन जित हात पारेकाे छ। 

लिभरपुलकाे घरेलु मैदानमा भएकाे खेलका १३ औँ मिनेटमै  पाहुना टाेलीले अग्रता लियाे।

फाबिन्होले ओलिभर मक्बर्नीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै प्राप्त पेनाल्टीमा सान्डर बर्ग चुकेनन्।

पहिलो हाफको ४ मिनेट बाँकी रहँदा लिभरपुलका रोबर्टो फिर्मिनोले खेल बराबरीमा ल्याए। 

६४औँ मिनेटमा डिओगो जोटाले मानेकै क्रसलाई हेडरमार्फत गोलमा परिणत गरेपछि लिभरपुलले अग्रता लिएको थियाे।

जितसँगै लिभरपुल १३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ भने जितविहिन सेफिल्ड १ अंकसाथ १९ औं स्थानमा छ।

प्रकाशित मिति: : 2020-10-25 06:38:00

प्रतिकृया दिनुहोस्