ब्राजिलका पुर्व स्टार रोनाल्डिन्होलाई कोरोना संक्रमण

बार्सिलोना तथा ब्राजिलका पुर्व स्टार रोनाल्डिन्होलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

रोनाल्डिन्होले सोमबार सामाजिक सञ्जालमार्फत आफूमा कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

तर उनमा कोरोनाको कुनै लक्षण भने देखिएको छैन।

‘एउटा कार्यक्रममा भाग लिन म हिजो देखि बेलो होरिजोन्टेमा छु।  मलाई कोरोना पाजेटिभ देखिएको छ,’रोनाल्डिन्होले लेखेका छन्, ‘म ठीक छु। मलाई कुनै लक्षण देखिएको छैन।’

४० वर्षे पुर्व मिडफिल्डर अहिले ब्राजिलमै छन्। बेलो होरिजोन्टेमा उनी अनिवार्य सेल्फ आइसोलेसनमा बसेका छन्।

 विश्व कप विजेता पाराग्वेमा झन्डै ५ महिना उनी नजरबन्दमा रहेर अगष्टमा छुटेका हुन्। जाली पासपोर्ट बोेकेको आरोपमा उनी आफ्ना दाईसँगै पक्राउ परेका थिए।

५ महिनापछि मात्र उनी त्यहाँबाट मुक्त भएर स्वदेश फर्केका थिए।


 

प्रकाशित मिति: : 2020-10-27 07:39:00

प्रतिकृया दिनुहोस्