चिनियाँ सरकारको दावी विपरित स्थानीयस्तरमा फेरि देखियो कोरोना

एजेन्सी

बेइजिङ

चीनमा कोरोना भाइरसको फेरि ४२ नयाँ संक्रमित फेला परेका छन्। सबै संक्रमित सिनजियाङ प्रान्तमा भेटिएको सरकारी मिडियाले जानकारी दिएको छ। 

स्वास्थ्य विभागका अनुसार यसमा २२ संक्रमित स्थानीय छन्। जसले सरकारको चिन्ता बढाएको छ। 

चीन सरकारले यसअघि दावी गरेको थियो–आफ्नो देशमा स्थानीयस्तरमा कोरोना संक्रमण छैन। 

शून्य भइसकेको छ। तर, सरकारी दावी विपरित २२ स्थानीयस्तरमै भेटिनु चिन्ताको विषय बनेको छ। 

चीनमा कोरोना संक्रमितको संख्या ८५ हजार ८ सय ६८ छ, जसमा ४६ सय ३४ मानिस मरिसकेका छन्। कोरोना भाइरसको चीनको उहान शहरबाटै फैलिएको थियो।

प्रकाशित मिति: : 2020-10-28 11:53:00

प्रतिकृया दिनुहोस्